०४ साउन २०८३, सोमबार

मधेश सरकारबाट बाहिरने माओवादीको निर्णय

मधेश सरकारबाट बाहिरने माओवादीको निर्णय

नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश सरकारबाट बाहिरिने भएको छ ।

पूर्वसहमति कार्यान्वयन नभएको भन्दै माओवादी संसदीय दलको बिहीवारको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको प्रदेश सांसद माला कर्णले बताइन् ।

दुईवटा क्याबिनेट मन्त्री दिने पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै माओवादी सरकारबाट बाहिरिने भएको हो ।

'दुईवटा क्याबिनेट मन्त्री दिने सहमति थियो । उक्त सहमति कार्यान्वयन नभएपछि समर्थन कायमै राखेर सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय भएको हो,' कर्णले लोकान्तरसँग भनिन् ।

जसपाका सरोज यादव नेतृत्वको मधेश सरकारमा माओवादीबाट सुनिता यादव उद्योग, पर्यटन तथा वन मन्त्री र रहबर अन्सारी सोही मन्त्रालयमा राज्यमन्त्री छन् ।

salt training

कमेन्ट गर्नुहोस्