जेठ २३, २०८०
नेपालमा सर्वाधिक बिक्री हुने बाइकहरूको अग्रपङ्क्तिमा रहेको टीभीएसले बाइकिङ संस्कृतिलाई पनि बढावा दिँदै आएको छ। बाइकिङबाट सामाजिक कार्यमा सहयोग पुर्याउने र युवाहरूलाई एक अर्कासँग जोड्ने एक प्रभावकारी स...
काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो ।
नेपाल आयल निगमले डिजेलको भाउ घटाएको नौ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो । मन्त्रालयले घटाएको भाडादर राजपत्रमा प्रकाशित भएको जनाइएको छ ।
काठमाडौँ उपत्यकाभित्र पाँच दशमलव नौ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा चार दशमलव १८ प्रतिशत र मालवाहक सवारीसाधनमा पाँच दशमलव ६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले जानकारी दिए । आजदेखि नै घटेको भाडादर लागू भएको उनले बताए ।
यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडी भाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए । नेपाल आयल निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो ।
लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो । लामो दूरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ ।
गत चैत २० गते डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १०–१० र पेट्रोलमा तीन मूल्य घटाएको निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर १०–१० ले भाउ घटाएको थियो ।
घटेको मूल्यअनुसार हाल डिजेलको मूल्य लिटरको एक सय ५५ कायम भएको छ ।
अघिल्लो वर्ष प्रदेशभित्र सञ्चालन हुने छोटो दूरीको भाडा बढेको थियो । बढेको भाडाअनुसार यात्रुले काठमाडौँ उपत्यकामा सार्वजनिक गाडीमा चढ्ने बित्तिकै २० तिर्दै आएका छन् ।
यस्तो छ नयाँ भाडादर
नेपालमा सर्वाधिक बिक्री हुने बाइकहरूको अग्रपङ्क्तिमा रहेको टीभीएसले बाइकिङ संस्कृतिलाई पनि बढावा दिँदै आएको छ। बाइकिङबाट सामाजिक कार्यमा सहयोग पुर्याउने र युवाहरूलाई एक अर्कासँग जोड्ने एक प्रभावकारी स...
डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति (एक्विजिशन) गर्ने भएको छ । यो प्राप्तिसँगै आगामी असार १ गते शुक्रवारबाट ‘डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार हुने नेपाल ...
सामसङले नयाँ उत्कृष्ट ग्यालेक्सी एफ५४ स्मार्टफोन फाइभजीको साथ बजारमा ल्याएको छ । कम्पनीका अनुसार यो नयाँ हाइ–रेन्ज स्मार्टफोन निक्कै नै शक्तिशाली रहेको छ । जसमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, ओआइएस र ग्याल...
शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय ३२ दशमलव ३३ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीक...
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको बीमा क्षेत्रमा पहिलोपटक प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनी भएको छ । नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै प्रतिकित्ता २३६.९१ रुपैयाँमा कम्पनीले आफ्नो जारी पुँ...
लुम्बिनी केबलकारको औपचारिक उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भएका छन् । आइएमई समूहको लगानीमा बनेको केबलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी औपचारिक उद्घाटन गरिने भएको हो । ...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...