०३ साउन २०८३, आइतबार

‘बोल माया’को दोस्रो भागका रुपमा ‘दमाई महाराज’ ल्याउँदै प्रकाश

जेठ २१, २०८०
काठमाडौं
‘बोल माया’को दोस्रो भागका रुपमा ‘दमाई महाराज’ ल्याउँदै प्रकाश

लोकप्रिय गायक एवं सर्जक प्रकाश सपूतले आफ्नो हिट गीत ‘बोल माया’को दोस्रो भाग ल्याउने तयारी गरेका छन् । आफ्नो करिअरका दुई निकै चर्चित गीतहरू ‘गलबन्दी’ र ‘बोलमाया’को दोस्रो भागका रुपमा ‘दमाई महाराज’ ल्याउने तयारी गरेको उनले जानकारी दिएका हुन् । 

वाध्यताले अरब जाने र दुर्भाग्यवस काठको बाकसमा फर्किनेको विरक्त लाग्दो कथामा उनले चार वर्षअघि ‘बोल माया’ ल्याएका थिए । हाल दुबईमा रहेका प्रकाशले आइतवार फेसबुकमार्फत ‘दमाई महाराज’ ल्याउँदै गरेको जानकारी गराएका हुन् । यो सिर्जना जातीय विभेदविरुद्धको हुनेछ । 

प्रकाशले वर्ष २०८० मा ‘जातीय विभेद विरुद्धको वर्ष’ को रुपमा आफ्ना सिर्जनाहरू ल्याउने घोषणा गरेका थिए । 

‘‘गलबन्दी – बोलमाया’ भाग २ ले हाम्रो अन्धविश्वास र जातप्रतिको गलत चेतनास्तरलाई चुस्स हिर्काउने प्रयास गर्ने छ’ प्रकाशले फेसबुकमा लेखेका छन् ।उनको पछिल्लो गीत ‘सकम्बरी’ यतिबेला पनि चर्चामा छ ।

salt training

कमेन्ट गर्नुहोस्