०४ साउन २०८३, सोमबार

दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड अमेरिकामा सम्मानित

जेठ ३२, २०८०
काठमाडौं
दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड अमेरिकामा सम्मानित

एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड सम्मानित भएका छन् ।

उनलाई अमेरिकाको मेरिल्याण्ड राज्यसभाले यही जेठ १ गते कदरपत्र सहित सम्मान गरेको हो । यो सम्मान पाउने उनी पहिलो नेपाली हुन् ।

दुगडले विगत लामो समयदेखि नेपालको आर्थिक समृद्धि तथा रोजगारी सृजनामा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो । 

व्यावसायिक यात्रालाई अझ समृद्ध र सबल बनाउँदै एमभी दुगड ग्रुप अन्तर्गत दर्जनौं उद्योग, फर्म तथा कम्पनीहरू मार्फत नेपालको उद्योग तथा व्यवसायको उत्थानमा लाग्ने कार्यकारी अध्यक्ष दुगडको योजना छ ।

नेपालको बैंकिङ, लाइफ इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, जलविद्युत, कमर्सियल गाडी, कृषि उपकरण, निर्माण उपकरणलगायत आयात तथा बेचबिखन कार्य गरिरहेको दुगड समूह नेपालको एक चिरपरिचित व्यावसायिक समूह हो ।

अध्यक्ष दुगड विभिन्न सामाजिक तथा परोपकारी कार्यमा समेत संलग्न रहँदै विभिन्न संस्थाहरूमा पनि आवद्ध छन् ।

null

कमेन्ट गर्नुहोस्