०३ साउन २०८३, आइतबार

बद्री पंगेनीले ल्याए प्रेम विरहको गीत

असार १, २०८०
काठमाडौं
बद्री पंगेनीले ल्याए प्रेम विरहको गीत

लोकगायक बद्री पंगेनीले नयाँ गीत ल्याएका छन् । 

शुक्रवार बिहान एलिना चौहानसँगको युगल स्वरमा ‘दुई पाइला’ बोलको प्रेम विरहको लोकदोहोरी गीत बद्रीले सार्वजनिक गरेका हुन् । 

नारायण ज्ञवालीको शब्द रहेको गीतमा बद्रीकै संगीत, सुदीप सागरको एरेन्ज छ । 

यसको भिडियोमा गायक प्रकाश सपूतले अभिनय गरेका छन् । उनको जोडीका रुपमा पूजा पौडेल प्रस्तुत छिन् । 

बद्रीले आफ्नै निर्देशनमा तयार पारेको भिडियोलाई राजेश घिमिरेले छायाँकन, प्रबिन भट्टले सम्पादन गरेका हुन् ।

यो बद्रीको ‘पैसा सापटी’पछिको अफिसियल गीत हो ।

salt training

कमेन्ट गर्नुहोस्