२८ असार २०८३, आइतबार
मिटरब्याज पीडितसँग गृहमन्त्री

मिटरब्याज पीडितको माग सम्बोधन गर्न सडकमै पुगे गृहमन्त्री श्रेष्ठ (भिडियो स्टोरी)

असार २४, २०८०
काठमाडौं

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय दिलाएर छाड्ने बताएका छन् । आइतवार नयाँ बानेश्वरस्थित मिटरब्याज पीडित धर्नास्थलमा पुगेर सम्बोधन गर्दै उनले अध्यादेश निष्क्रिय भए पनि न्याय दिलाउन आफू कटिबद्ध  रहेको बताए ।

उनले अध्यादेश निष्क्रिय भए पनि संसदमा रहेको भन्दै आयोगमार्फत मिटरब्याज पीडितहरूलाई न्याय दिने काम नरोकिने बताए ।

null

उनले मिटरब्याज विरुद्धको विधेयक संसदमा रहेको भन्दै विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाइने बताए । उनले सरकारले अध्यादेश आउनुभन्दा अगाडि आयोग बनाए काम गरिरहेकाले ढुक्क हुन पीडितहरूलाई आग्रह गरे ।

null

उनले मिटर ब्याज पीडितको माग अनुसार नै समस्या समाधान गर्न आयोग बनाएकाले आयोगको काम नरोकिने बताए ।

मन्त्री श्रेष्ठले सबै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रहरी प्रमुखसमेत भएर सरकारी वकिल र पीडितका प्रतिनिधिसहितको सहजीकरण समिति रहेको भन्दै समितिले काम जारी राख्ने बताए ।

उनले अध्यादेश अन्त्य हुने दिनमा नै कानून बनाउने सरकारको तयारी भए पनि बन्न नसकेको बताए । 

पीडितहरूले आयोगमा दिएको २५ सय उजुरीमध्ये १५ सय  उजुरीमाथि छानबिन गरेर पीडितलाई न्याय दिलाउने गरी पीडितको पक्षमा फैसला भएको बताए ।

null

कतिपय मिटरब्याजीले कब्जा गरेको घर जमिनहरू पीडितलाई फिर्ता गरिसकिएको बताउँदै उनले मिटरब्याज पीडितको पक्षमा सरकारले धेरै उपलब्धि हासिल गरेको बताए । ‘अध्यादेशको अवधि सकिएको कारणले अध्यादेश निष्क्रिय भएको छ । त्यसैले चिन्तित हुनुभएको होला । तपाईंहरूलाई भन्न चाहन्छु । विधेयक संसदमा छ । अस्वीकार भएको होइन । विधेयक पारित गर्न योग्य छ । न्यायको आन्दोलनलाई कुनै पनि हालतमा पूरा नगरी छोडिने छैन । तपाईंहरू ढुक्क भए हुन्छ । हामीले अध्यादेश जारी गर्नुभन्दा अगाडि नै मिटर ब्याजीलाई छानबिन गरेर पीडितलाई न्याय दिनका निम्ति आयोग बनाएका थियौं ।’ उनले भने, ‘तपाईहरूको मागअनुसार नै समस्या समाधान गर्न आयोग बनाएका थियौं । आयोग अध्यादेश जारी हुनुभन्दा अगाडि नै हो । आयोगको काम रोकिँदैन । तपाईहरू ढुक्क हुनुस् । आयोगको काम जारी रहन्छ । हरेक जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रहरी प्रमुखसमेत भएर सरकारी वकिल र पीडितका प्रतिनिधिसमेत भएको सहजीकरण समिति छ ।’

null

null

null

null

 

 

salt training

कमेन्ट गर्नुहोस्