पुस ४, २०८०
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
काठमाडाैं | असार २८, २०८०
नेपालको अग्रणी लोकतान्त्रिक दल नेपाली कांग्रेसभित्र अहिले रूपान्तरण र पुस्तान्तरणको बहस चलिरहेको छ ।
स्वाभाविक र स्वस्थ ढंगले हुनुपर्ने यो बहस संस्थापन र संस्थापनइतरबीचको द्वन्द्वको रूपमा प्रकट हुन थालेको छ । संस्थापनइतर पक्ष पार्टी सभापति शेरबहादुर देउवालाई नेतृत्वबाट बिदा गर्नुपर्ने र संसदीय दलको नेता फेर्नुपर्छ भन्ने लबिङमा छ । ५ पटक प्रधानमन्त्री भैसकेको व्यक्ति पुनः प्रधानमन्त्री हुन आवश्यक नरहेको भन्ने संस्थापनइतरका नेताहरूको अभिव्यक्तिले उनीहरूको चाहना नेतृत्व परिवर्तन हो भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ ।
संस्थापनइतर पक्षकै कतिपय नेताहरू ‘हाम्रो दुस्मनी शेरबहादुर देउवा या अन्य कुनै व्यक्ति विशेष’सँग नभई विधिविपरीत चलेको पार्टी नेतृत्वसँग हो पनि भनिरहेका छन् । पार्टी पद्धतिअनुसार नियममा अगाडि बढ्दै जाँदा भोलिको दिनमा व्यक्तिसँग पनि भिड्नुपर्ने हुन सक्छ ।
कांग्रेसमा पुस्तान्तरण र रूपान्तरणको कुरा त्यसै उठेको छैन, २०७४ र २०७९ सालको संसदीय निर्वाचनदेखि अहिलेसम्म पार्टी सञ्चालनको कार्यशैलीले निम्त्याएको हो । विधानअनुसार बोलाउनुपर्ने केन्द्रीय समिति बैठक बोलाउन एक वर्ष लाग्यो, तैपनि अझै शुरू भएको छैन ।
समयमै गठन गर्नुपर्ने विभाग गठन भएका छैनन् भने भ्रातृ संगठनहरूको अवस्था भद्रगोल छ । कांग्रेसको यो दुरावस्थाले गर्दा शुभेच्छुक र आममतदातामा पार्टीप्रति निराशा र वितृष्णा बढ्दै गएको छ । कांग्रेस लथालिंग बन्दा नयाँ पार्टीहरू जन्मँदै आएका छन् र आफूलाई स्थापित गर्न प्रयत्नशील छन् । कांग्रेसको अवस्थामा व्यापक सुधार नआउने हो र कार्यशैली यस्तै रहने हो भने नयाँ पार्टीहरू भविष्यमा कांग्रेसकै समकक्षी बन्ने सम्भावनालाई नकार्न सकिँदैन ।
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा सभापतिको परम्परागत कार्यशैली, एकल नेतृत्वको अभ्यास र आफू अनुकूल निर्णय गर्दै जाने प्रवृत्तिले पार्टी झन् कमजोर बन्दै गइरहेको हो । पार्टीमा झांगिएका यस्तै तमाम विकृतिहरूको जगमा कांग्रेसभित्र पुस्तान्तरण र रूपान्तरणको बहस उठेको हो ।
कांग्रेसमा पुस्तान्तरणको सबाल
पुस्तान्तरण आफैंमा राम्रो शब्द हो र यो शब्द आफैंमा जडताविरुद्ध लक्षित छ । जब आफूभन्दा अघिल्लो पुस्तामा जडता आउँछ, जब क्रिया शक्तिहीन हुन्छ, जब मष्तिष्क तेज हुँदैन, जब दृष्टि मधुरो हुन थाल्छ, जब दाँत फुस्किएर बोली प्रस्ट हुँदैन र हिँड्दा खुट्टा लर्बरिन थाल्छन्, त्यस्तो अवस्थामा अरू सदस्यले पुस्तान्तरणको कुरा उठाउँछन् । यो अत्यन्त जायज छ । अत्यन्त अनिवार्य छ ।
पुस्तान्तरणमा नगई परम्परागत ढंगले चल्दा कांग्रेसको सामर्थ्य ह्रास भएर जान्छ । कठिन कालखण्डमा देशलाई निकास दिएको पार्टी इतिहासमा उपहासको पात्र बन्न सक्छ । लोकतन्त्रको लडाईंमा सधैं अगाडि रहेको, अन्य दललाई पनि लोकतन्त्रमा अग्रसर बनाएको पार्टी भविष्यमा नयाँ पार्टीका सामु निरीह बन्ने खतरा रहन्छ ।
ओम आचार्य
कांग्रेस लोकतन्त्र, समाजवाद र राष्ट्रियताजस्ता मूल सिद्धान्तबाट गणतन्त्र स्थापनापछिका दिनमा विमुख बन्दै गइरहेको छ । आफ्ना सिद्धान्तमा विमुख भएकै कारण सरकारको नेतृत्वमा रहँदा होस् या सरकारमा सहभागी भएको बेला मुलुकमा सुशासन दिन सकिरहेको छैन । देशमा भ्रष्टाचार चरम अवस्थामा पुग्दा कांग्रेसले मौनता साँधेको छ । यस्तै कारणले गर्दा आममतदाता कांग्रेससँग निराश भएका छन् ।
कांग्रेसको मुख ताक्न छाडेर विकल्पमा अन्य दल रोज्न थालेका छन् । यसैको नतिजा हो संसद्मा भर्खरै खुलेका दल पनि हैसियतसहित उपस्थित भएका छन् ।
गणतन्त्र स्थापनापछि कांग्रेसको आफ्नो दायित्व सकिएको हो ? कांग्रेसको कर्तव्य सकिएको हो ? अवश्य होइन । यिनै प्रश्नको जवाफ खोज्न कांग्रेसमा रूपान्तरण र पुस्तान्तरणको बहस उठेको हो । पुस्तान्तरणको बहसले वास्तवमै कांग्रेसमा रूपान्तरण गर्छ कि पुस्तान्तरण नगरी विश्राम लिन्छ, कांग्रेस कार्यकर्ताका लागि अग्निपरीक्षाको विषय बनेको छ ।
कांग्रेसमा यस्ता विचार बीच-बीचमा आउने र निष्कर्षमा नपुगी सेलाउने गरेका छन् । जसरी अहिले पुस्तान्तरणको कुरा आएको छ, जसरी व्याख्या र विश्लेषण गरिएको छ, यसले धेरै संशय पैदा गरेको छ । जहाँ संशय हुन्छ, त्यहाँ विश्वास र निष्ठा हुँदैन । जहाँ संशय हुन्छ, त्यहाँ भ्रम हुन्छ र त्यस्तो अवस्थामा पुस्तान्तरणले कार्यसिद्धिमा सफलता पाउँदैन ।
कांग्रेसभित्र अर्को कुरा अनुशासनहीनता बढ्दै गएको छ । अराजकता चरमचुलीमा पुगेको छ । शीर्ष नेतादेखि कार्यकर्तासम्ममा अराजकता देखिएको र भोगिएको अनुभव पार्टी पंक्तिमा छ । यस्तै कुरामा परिवर्तन ल्याउँदै पार्टीलाई परिमार्जित गर्न पनि पुस्तान्तरण जरुरी छ । तर, पुस्तान्तरणभित्र पनि कसरी अगाडि बढ्ने भन्ने मार्गचित्र बाहिर आउन सकेको छैन । पुस्तान्तरणको अगुवाइ गर्नेले साझा सहमतिको एजेन्डा ल्याउन सकेका छैनन् ।
पाटीभित्र पदीय जिम्मेवारीमा कोही ठूला र कोही साना अवश्य छन् । पुस्तान्तरण अभियानको यो आन्दोलनलाई सफल बनाउने हो भने पुस्तान्तरणभित्र यस किसिमको भेद हटाउनु पहिलो र अनिवार्य शर्त हो ।
रुपान्तरणको अनिवार्यता
हिजोको कांग्रेसले आजको समयानुसर आफूलाई रूपान्तरित गर्नैपर्छ । २००७ सालको राजनीति र आजको अवस्थामा धेरै भिन्नता छन् । प्रजातन्त्र स्थापनाका लागि कांग्रेसको स्थापना भएको थियो । आज त देशमा गणतन्त्र स्थापना भएको पनि दशक नाघिसकेको छ ।
सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक अवस्था पनि २००७ को जस्तो छैन । परन्तु, राणाकालमा स्थापना भएको कांग्रेस पार्टीभित्र राणाकालीन चरित्र, सोच विचार जीवन्त छ । पार्टीभित्र राणाकालीन हैकम आज पनि विद्यमान छ । राणा शाहीको जस्तो हुकुम र तामेलीका अवशेष बाँकी छन् । रूपान्तरण यहीँबाट शुरू हुनुपर्छ । यसका लागि प्रथमतः पुस्तान्तरण आवश्यक छ । पुस्तान्तरण नभएसम्म रुपान्तरणको कल्पना गर्न सकिँदैन । नेतृत्वले जब रुपान्तरणको आवश्यकता देखेर पनि कार्यान्वयन गर्दैन, तर उसको बहिर्गमन अनिवार्य छ ।
पुस्तान्तरसँगै ऊर्जावान, गतिवान र मतिवान तथा विचारवान नेतृत्व कांग्रेसले खोजेको छ । कांग्रेस राम्ररी बुझेको र कांग्रेसमा रुझेको नयाँ नेतृत्वले पार्टीलाई गति दिन सक्छ । पुस्तान्तरणबाट त्यस्तो नेतृत्वको आगमन भएमा कांग्रेसलाई समयसापेक्ष अगाडि बढाउन सक्छ । समयनुकूल राजनीतिमा कांग्रेसलाई उभ्याउन सक्छ र आमूल परिवर्तनको एजेन्डा कार्यान्वयन गराउन सक्छ ।
तब मात्र कांग्रेसको साख पुनर्जीवित हुन्छ । कांग्रेसमा जनविश्वास बढ्छ । कार्यकर्ताले कांग्रेसको सदस्य भएकोमा गर्व गर्न सक्छन् ।
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...