×

NMB BANK
NIC ASIA

पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा

काठमाडाैं | असार ३१, २०८०

NTC
Premier Steels

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली पूर्णरुपमा कार्यान्वयनमा ल्याएको छ ।

Muktinath Bank

आज बसेको निगम सञ्चालक समितिको बैठकले आजै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो । यस्तै हवाई इन्धनको हकमा भने साबिक बमोजिमकै व्यवस्था रहने निगमको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अब उप्रान्त इन्डियन आयल कर्पोरेसनबाट प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखमा प्राप्त हुने नयाँ मूल्य सूचीका आधारमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम हुनेछ’, निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इन्डियन आयल कर्पोरेसनसँग नियमित रूपमा प्राप्त हुने नयाँ खरिद मूल्यका आधारमा सोही दिन निगमले पनि मूल्य समायोजन गर्ने व्यवस्था कार्यान्वयन हुनेछ ।’


Advertisment
Nabil box
Kumari

निगमले हाल तिर्नुपर्ने ऋण तथा अन्य दायित्व बापतको रकम भुक्तानी गर्न तथा निगमको पूर्वाधार विकास, डिपो तथा अग्नि सुरक्षा संरचनाको मर्मत, आधुनिकीकरण लगायतका अत्यावश्यक कार्यहरूका लागि आवश्यक पर्ने पुँजी सङ्कलनका लागि लागत मूल्यको आधारमा डिजेलमा २ प्रतिशत, पेट्रोलमा २.५ प्रतिशत मात्र नाफा राख्ने जनाएको छ । आम उपभोक्ता र विशेष गरी गृहिणीहरूको हितलाई ध्यानमा राखि खाना पकाउने एलपी ग्यासमा निगमले कनै मुनाफा नलिई लागत मूल्य बमोजिम नै खुद्रा मूल्य राख्ने जनाएको छ । 

Vianet communication

जसबाट पेट्रोलियम पदार्थका आम उपभोक्ताहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने निगमको विश्वास छ । 

हवाई इन्धनको हकमा भने मूल्य समायोजन गर्ने अधिकार निगम संचालक समितिमा रहने निगमले स्पष्ट पारेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x