२१ असार २०८३, आइतबार

नवलपुर जिल्ला अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फर्स्यौट

साउन १, २०८०
काठमाडौं
नवलपुर जिल्ला अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फर्स्यौट

नवलपुर जिल्ला अदालतले एक वर्षमा ८२.३७ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ । आर्थिक वर्ष ०७९/८० मा कूल २३१४ वटा मुद्दामध्ये १९०६ वटा मुद्दा फर्स्यौट भएको जिल्ला अदालतल नवलपुरले जनाएको छ । आर्थिक वर्ष ०७८/०७९ मा बाँकी रहेका ११३५ वटा मुद्दा र ०७९/०८० मा नयाँ दर्ता भएका ११७९ वटा मुद्दामध्ये १९०६ वटा मुद्दा फर्स्यौट गरिएको हो । 

दुई वटा इजलास भएको नवलपुर जिल्ला अदालतमा जिल्ला न्यायधीश उमेश प्रसाद लुइँटेल (इजलास नं १) बाट ७३९ थान र जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्य (इजलास नं २) बाट ११३५ थान फर्स्यौट भएका हुन् । 

त्यसैगरी सरूवा भई गएका जिल्ला न्यायाधीशहरू अर्जुन अधिकारी र नन्दकिशोर यादवबाट ३२ थान मुद्दाहरू फैसला भएका छन् ।
चुनावलगायत थप जिम्मेवारीको कारण इजलास नं १ बाट तुलनात्मक रूपमा केही मुद्दाहरू कम फर्स्यौट भएको अदालतले जनाएको छ ।

कार्यसम्पादनमा पनि उत्कृष्ट नवलपुर जिल्ला अदालतले आर्थिक वर्ष  ०७९/८० को असार मसान्तसम्म २ वर्ष नाघेका मुद्दाको संख्या शुन्यमा झारेको छ भने १८ महिना नाघेका मुद्दाहरूको संख्या केवल ७ वटा मात्रै रहेको छ। वार्षिक लक्ष्यको आधारमा फर्स्यौट दर १०९.४८ प्रतिशत रहेको छ ।

फैसला कार्यान्वयनमा पनि लक्ष्य भन्दा बढीको उपलब्धी हासिल भएको अदालतले जनाएको छ । यो नवलपुर जिल्ला अदालत स्थापना भए (वि. स. २०७४) यताकै सबैभन्दा बढी हो ।

आर्थिक वर्ष २०७९/०८० मा देशभर लगत कायम भएका मुद्दामध्ये ५०.३६ प्रतिशत मुद्दामात्रै फर्स्यौट भएका छन् ।  आर्थिक वर्षमा कूल १ लाख ८१ हजार ९०८ मुद्दाको लगत कायम भएकोमा १ लाख ६४ हजार ३६ मुद्दा अर्थात् ५०.३६ प्रतिशत मुद्दा फर्स्यौट भएका हुन् ।

१ लाख ६१ हजार ६६६ मुद्दा फर्स्यौट हुन बाँकी रहेको सर्वोच्च अदालतको आर्थिक २०७८/०७९ को वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनमा उल्लेख भएअनुसार सर्वोच्च अदालतमा मात्र कायम ३७ हजार १६९ थान मुद्दामध्ये १९ प्रतिशत मात्र फर्स्यौट भएका छन् । ७ हजार ६५ थान मुद्दा फर्स्यौट भएकोमा ३० हजार १०४ थान मुद्दा फर्स्यौंट हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्