
मह संचारले निर्माण गरेको छोटो फिल्म ‘ऊ गरेर ऊ गरौँ’ सार्वजनिक गरिएको छ ।
३५ मिनेट अवधिको यो फिल्म काठमाडौं महानगरपालिकाका लागि निर्माण गरिएको हो ।
स्थानीय न्याय निरुपणको कथावस्तुमा निर्माण गरिएको फिल्म सोमवार राजधानीमा एक कार्यक्रमकाबीच स्क्रिनिङ गर्दै सार्वजनिक गरिएको थियो।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धारा भुसाल, प्रदीप बास्तोला, विगिशा अधिकारी, नगेन्द्र कंसागार लगायतको अभिनय छ ।
फिल्मलाई मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले निर्देशन गरेका हुन् ।
यो फिल्मलाई मेट्रो न्यूजको युट्युवबाट सार्वजनिक गरिएको छ ।