०३ साउन २०८३, आइतबार
संवैधानिक परिषद् बैठक

प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठको नाम सिफारिश

साउन १८, २०८०
काठमाडौं
प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठको नाम सिफारिश

संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिश गरेको छ ।

सिंहदरबारमा बिहीवार बसेको परिषद् बैठकले श्रेष्ठको नाम सिफारिश गरेको उपसभामुख इन्दिरा रानाले लोकान्तरलाई जानकारी दिइन् ।

सिफारिश नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । 

हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण शनिवारदेखि अनिवार्य अवकाशमा जाने भएपछि नयाँ प्रधानन्यायाधीश सिफारिश गरिएको हो । २०१६ सालमा डोटी जिल्लामा जन्मेका श्रेष्ठ २०३८ सालमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका थिए ।

उनी जिल्ला, उच्च अदालत हुँदै सर्वोच्च अदालको न्यायाधीश बनेका थिए । २०७३ सालमा उनी सर्वोच्च अदालतको न्यायाधीश बनेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्