
संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया शुरू गरेको छ ।
समितिको सोमवार बसेको बैठकमा प्रधानन्यायाधीश पदमा सिफारिस श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया शुरू गरेको हो ।
यसअघि समितिले उनीविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गरेको थियो ।
गत साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । उनी अहिले सर्वोच्चको कामु प्रधानन्यायाधीश समेत हुन् ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाशमा गएका थिए ।