नयाँ बानेश्वरमा रहेको आरओडी ग्रुप अफ डेस्टिनेसन प्रालि नामक ट्राभल कम्पनीले काटेको टिकट नक्कली भएपछि सयौं विद्यार्थी तथा अभिभावक यतिबेला तनाबमा छन् ।
उक्त कम्पनीले थप पैसा असुल्न यस्तो नियत राखेको पीडितहरूको आरोप छ । अभिभावकले दुई महिनाअघि उडान मिति लिएका थिए । तर विमानस्थल पुगेपछि मात्रै टिकट नक्कली रहेको थाहा पाएका छन् ।
ट्राभल कम्पनीको बदमासीले उनीहरूका अभिभावकको लाखौँ रकम जोखिममा परेको छ ।