×

NMB BANK
NIC ASIA

‘सिनेमाघर एप’मा रिलिज भयो हरिवंशको फिल्म ‘महापुरुष’

काठमाडाैं | भदौ ८, २०८०

NTC
Premier Steels

हल रिलिजमा सुपरहिट भएको नेपाली फिल्म ‘महापुरुष’ शुक्रवारबाट नेपालको ओटिटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ । 

Muktinath Bank

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिनेमाघर र फिल्म टिमले यस बारेमा जानकारी गराएको छ । यो फिल्म सिनेमाघर एपमा विज्ञापनरहित हेर्न सशुल्क र विज्ञापनसहित हेर्न निःशुल्क दुवै तरिकाले पाइनेछ । प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्मलाई २ सय रूपैयाँ तिरेर हेर्न सकिनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिनेमाघरका अध्यक्ष खगेन्द्र लामिछानेले ‘महापुरुष’लाई हलमा जस्तै एपमा पनि दर्शकको राम्रो साथ मिल्नेमा विश्वास व्यक्त गरे । उनले सिनेमाघरमा दर्शकले देखाएको चासोबाट उत्साहित रहेको बताए । हालसम्म सात लाख बढी एप डाउनलोड भइसकेको जनाए । लामिछानेले युट्युबमा सित्तैमा फिल्म हेरिरहेका दर्शकलाई एपमा पैसा तिरेर हेर्ने बानी बसाल्न एकदमै गाह्रो भए पनि अब एप्लिकेसनमा पैसा तिरेर फिल्म हेर्ने बानीको विकास भइरहेको बताए । 


Advertisment
Nabil box
Kumari

अघिल्लो वर्ष सिनेमाघर एपमा फिल्म ‘कबड्डी ४’ रिलिज भएको थियो । दर्शकको अत्यधिक चापका कारण एपको सर्भर १२ घण्टासम्म डाउन भएको थियो । त्यसपछि सर्भरलाई अपग्रेड गरिएको खगेन्द्रले बताए । उनले एपमा ‘कबड्डी ४’ले युट्युबमा भन्दा राम्रो कमाई गरेको समेत दाबी गरे । ओटिटी प्लेटफर्मप्रति दर्शकको आकर्षण बढ्दा फिल्म क्षेत्रलाई नै फाइदा पुग्ने उनको भनाई छ । 

Vianet communication

‘महापुरुष’का प्रमुख अभिनेता हरिवंश आचार्यले डिजिटल माध्यममा ठूलो संख्यामा दर्शकहरू रहेको बताए । पहिलो पटक ओटिटी प्लेटफर्ममा आफ्नो फिल्म रिलिज भएकोमा उनले खुसी व्यक्त गरे । अहिले डिजिटल मार्केट फराकिलो भइसकेको र यसले कलाकारलाई जीवित बनाइराखेको बताउँदै उनले सिनेमाघर एप नेपाली फिल्म क्षेत्रका लागि बरदान साबित भएको बताए । नेपाली फिल्मका लागि नयाँ प्लेटफर्म जन्मिनु राम्रो कुरा रहेको उनको भनाई छ । 

अभिनेता तथा निर्माता रबिन्द्र सिंह बानियाँले हलमा हेर्न छुटाएका दर्शकका लागि लक्षित हेरेर फिल्मलाई डिजिटल रिलिज गरिएको बताए । यसअघि फिल्म ‘जात्रै जात्रा’ निःशुल्क रिलिज गर्दा समेत दर्शकले इन्टरनेटको पैसा तिरेकोमा निःशुल्क नभएको प्रतिक्रिया जनाएको सम्झना गर्दै अहिले परिस्थिति बदलिएको जिकिर गरे । उनले दर्शकले सोच्ने तरिका बदलेको बताउँदै सिनेमाघर एपमा ‘महापुरुष’ सफल हुने विश्वास जनाए । 

सिनेमाघर एपका चीफ टेक्निकल अफिसर सन्जिव ढकालले सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेको बताए । अबदेखि सिनेमाघरले एलजि, सामसुङ र एप्पल एयरप्ले पनि थप गरेको उनले बताए । उनले सिनेमाघर एपमा उपलब्ध फिल्महरू नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेविट–क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिने बताए । साथै, गुगल प्लेबाट सिधा पेमेन्ट गर्न सकिने सेवा सुरू भएको जानकारी दिए । सन् २०१६ देखि सञ्चालित नेपालको पहिलो ओटिटी प्लेटफर्म ‘सिनेमाघर एप’का प्रमुख कार्यकारी अधिकृत सागर खरेल हुन् । 

यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमा समेत फिल्महरू हेर्न सकिन्छ । पत्रकार सम्मेलनमा ‘महापुरुष’का अन्य प्रमुख कलाकारहरू राजाराम पौडेल, गौरी मल्ल, नरेश पौडेल, अरुण क्षेत्री, शिखा तामाङ, कोपिला थापा, निर्माता म्याक्स दीपेश खत्री लगायतको उपस्थिति रहेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x