×

NMB BANK
NIC ASIA

६० किलो सुन प्रकरण

सुनकाण्डको 'कनेक्सन' भारतमा बरामद १४७ केजी सुनसँग, सीआईबीले इन्टरपोलमार्फत माग्यो सहयोग

काठमाडाैं | भदौ १०, २०८०

NTC
Premier Steels

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट बरामद ६० केजी सुन प्रकरणको कनेक्सन २ वर्षअगाडि भारतमा बरामद भएको १४७ केजी सुन तस्करीसँग जोडिएको छ । 

Muktinath Bank

६० केजी सुन तस्करीको कनेक्सन भारतमा बरामद सुन र पक्राउ परेका ३ जना चिनियाँ नागरिकसँग देखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अधिकारीहरूले बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूका अनुसार चिनियाँ नागरिक याओ पुचेङ, ली वेन सुङ्ग र जिक्वान लिन भारतमा पक्राउ परेका थिए । भारतमा सन् २०२२ मे १२ मा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोबाटै ६१.५ केजी सुन बरामद भएको थियो ।


Advertisment
Nabil box
Kumari

धाराको टुटी बनाएर ल्याएको सुन ‘गोल्डेन टप’ अपरेसन चलाएर भारतको राजस्व अनुसन्धान निर्देशनालय (डीआरआई)ले बरामद गरेको थियो । भारतीय सञ्चार माध्यमहरूका अनुसार उक्त सुन हङकङबाट एयर कार्गो हुँदै भारत आएको थियो । 

Vianet communication

त्यो भन्दा एक वर्ष अगाडि ‘मोल्टेन मेटल’ नामको अपरेसनमा बेलनाकार निकल बनाएर ल्याएको ८५.५ केजी सुन बरामद भएको थियो । 

त्यो पनि एयर कार्गोबाटै आएको डीआरआईले जनाएको थियो । 

‘भारतमा बरामद गरेको सुन र नेपालमा बरामद सुन तस्करीको प्याटर्न एउटै देखिन्छ,’ सीआईबीका एक अधिकारीले लोकान्तरसँग भने ।

नेपालमा पक्राउ परेका याओ पुचेङ्ग, ली वेन सुङ्ग र जिक्वान लिन भारतमा राजस्व चुहावटमा कारवाहीमा परेपछि नेपालमा आएर फेरि तस्करीमा संलग्न भएको देखिएको सीआईबी अधिकारीहरू बताउँछन् । 

प्रहरीले उनीहरूको कनेक्सन देखिएपछि थप अनुसन्धानका लागि इन्टरपोल भारत र इन्टरपोल हङकङलाई पत्राचार गरेको छ । त्यो बेलामा के भएको हो भन्ने विषयमा जानकारी लिनका लागि पत्राचार गरिएको प्रहरीले बताएको छ ।

‘प्रहरीले अनुसन्धानका लागि इन्टरपोलका जुनसुकै शाखालाई पनि सहयोग माग्न सक्छ । नेपालमा भएका अन्य एजेन्सीहरूसँग पनि सहयोग लिन सक्छ, त्यो अनुसन्धानको पाटो हो,’ प्रहरी प्रवक्ता तथा नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतले लोकान्तरसँग भने । 

असार ३२  गते प्रहरीले टियान मी, वेन टोङ, डियाङ से फा र ली नेङकाइलाई पक्राउ गरेको थियो । प्रहरीले चिनियाँ नागरिकका ३ जना प्रेमिकालाई पनि पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौंको धुम्बाराही र मण्डिखाटारबाट पक्राउ गरिएको सीआईबीले स्रोतले जनाएको छ ।

राजस्व अनुसन्धान विभागले असार २ गते १५५ केजी ब्रेक शुमा रहेको ६० केजी सुन बरामद गरेको थियो । 

यस प्रकरणमा दोलखाको मेलुङ गाउँपालिका– ३ का दिलिप भुजेल र रामकुमार भुजेल, भोजपुरको अरुण गाउँपालिका– ४ का हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, भन्सार एजेन्ट राजेन्द्र राई, ट्याक्सी चालक अशोक लामा, चिनियाँ नागरिक जिक्वाङ लिन, राजन श्रेष्ठ, ट्रान्स ग्लोबस सर्भिसका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, भन्सार एजेन्टहरू यादव पराजुली र सुदर्शन गौतम, भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी (विमानस्थल भन्सार कार्यालय) कुमार ढकाल, नायब सुब्बा (भन्सारमा एक्सरे हेर्ने) सरोज श्रेष्ठ, नक्सालबाट (गोदाम खोजिदिएको आरोप) सुरेन्द्र तामाङ र बेल्जियम नागरिक दावा छिरिङलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।

सीआईबीले अनुसन्धानको जिम्मा लिएपछि थप ९ जनालाई पक्राउ गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x