×

NMB BANK
NIC ASIA

फिल्म समीक्षा

राजनीतिक विषयमा बनेको ‘ऐँचो पैँचो’: केही घटना 'सस्पेन्स' छन्, तर रोचक लाग्दैनन्

काठमाडाैं | भदौ १६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो समय राजनीतिक विषयले पनि नेपाली फिल्ममा स्थान पाउन थालेका छन् । एकपछि अर्को राजनीतिक विषय समावेश फिल्म प्रदर्शनमा आइरहेका छन् । 

Muktinath Bank

गतवर्ष प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ४’ समसामयिक राजनीतिक प्रवृत्तिलाई लिएर निर्माण गरिएको थियो, फिल्मले घरेलु बक्स अफिसमा ‘बम्पर’ कमाइ गर्‍यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसपटक फेरि हलमा राजनीतिक विषय समावेश गरिएको फिल्म ‘ऐँचो पैँचो’ प्रदर्शनरत छ । 


Advertisment
Nabil box
Kumari

ठूलो क्यानभासमा फिल्म खिच्नुपर्ने र मास धेरै देखाउनुपर्ने भएकाले फिल्ममा राजनीतिक विषय समावेश गर्नु आफैँमा चुनौतीपूर्ण मानिन्छ । 

Vianet communication
Laxmi Bank

null

राजनीतिक विषय समावेश फिल्मका मुख्य कमजोरी प्रायः यिनै विषयहरूमा पाउने गरिन्छ । यसपटक फिल्म ‘ऐँचो पैँचो’ भने त्यसमा केही सबल देखिएको छ । यद्यपि, फिल्ममा अन्य कमीकमजोरी भने प्रशस्तै भेछिन्छन् । 

कस्तो छ कथा ? 
तराईको एउटा गाउँ छ । गाउँ भए पनि यो सुगम छ । दिलेन्द्र (मुकुन भुसाल) र सुन्दर (कोशिस क्षेत्री) एउटै पार्टीमा कार्यकर्ता रहेर राजनीतिमा छन् । यद्यपि, पैसाका लागि गलत काम गरेर सुन्दरले पार्टीलाई चन्दा सहयोग गर्छ, अवसर पाउँदै जान्छ । 

पार्टीलाई सहयोग र चन्दा दिन नसक्दा दिलेन्द्रले अवसर पाउँदैन । 

यता, दिलेन्द्रको सच्चा साथीका रुपमा रहेका सीताराम (सुशील सिटौला)सँग औपचारिक पढाइ छैन, उसलाई राजनीतिमा पनि कुनै रुचि छैन । 

विदेशबाट शव आउँदाको दृश्यले दर्शकलाई ‘कन्भिन्स’ गराउन सक्दैन । त्यो नाटकीय लाग्छ, दर्शक भावुक बन्न सक्दैनन् ।

कलेज पढिरहेकी पुष्पा (वर्षा राउत) र नपढेकी तर टिकटक स्टारका रुपमा चिनिएकी रुपा (स्वस्तिमा खड्का) दिदीबहिनीका रुपमा छन् । दुई सासी सीताराम र दिलेन्द्रले यी दिदीबहिनीलाई मन पराउन पुग्छन् । 

दिलेन्द्र र सुन्दरको राजनीति कसरी अगाडि बढ्छ ? सीताराम र दिलेन्द्रले पुष्पा र रुपासँग पाउँछन् त ? यस्तै प्रश्नहरू हल गर्दै फिल्मले २ घण्टा बिट मार्छ । 

के छ हेर्नलायक ?
राजनीतिभित्रका विकृतिबारे हामीले बेलाबेलामा सुन्दै आइरहेका हुन्छौं । तिनैमध्ये केही विकृतिलाई ऐनाका रुपमा देखाउने एउटा प्रयास यस फिल्मले गरेको छ । 

null

यस फिल्ममा एउटा संवाद छ, ‘म यो गाउँको जनता भनाउँदा भेडाहरूलाई राम्रोसँग चिन्छु । यिनीहरू अहिले पनि ऐँचो पैँचोमा विश्वास गर्छन् । त्यसैले यिनीहरूलाई एउटा हातले नोट दिने, अनि अर्को हातले भोट लिने ।’ यसले चुनावमा हुने भोट किनबेचको विकृतिलाई छोएको छ । 

फिल्ममा अर्को संंवाद छ – ‘राजनीति एउटा यस्तो पेशा हो नि, जो गरिबका लागि लड्दालड्दै धनी भएको थाहै पाउँदैनन् ।’ यो संवादले राजनीति र भ्रष्ट राजनीतिज्ञलाई समेत व्यङ्ग्य गर्छ । 

रोजगारीका लागि खाडी मुलुक जान बाध्य युवाहरूको कथासमेत फिल्ममा छ । 

समग्रमा समाजका हरेक व्यक्ति र विषयमा राजनीति जोडिने कुरा फिल्मले गरेको छ । 

शीर्ष भूमिकामा रहेका स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, कोशिस क्षेत्री, सु्शील सिटौला सबैको अभिनय स्वभाविक लाग्छ । 

प्रदर्शनअघि सिन काटिएको चर्चा भएकी अभिनेत्री वर्षा ‘इनोसेन्ट’ भूमिकामा सुहाएकी छिन् । सबैभन्दा प्रसंशायोग्य भूमिका उनको देखिन्छ । दर्शकलाई उनको भूमिका ‘सरप्राइजिङ’ लाग्छ । अभिनेत्री स्वस्तिमालाई पनि चुलबुले भूमिकामा फिट देखिएको छ । मुकुन, कोशिस र सुशील पनि आफ्नो भूमिकामा फिट देखिन्छन् । अभिनेता राजाराम पौडेल फिल्मको अर्को विशेष पात्र हुन् । 

के छन् कमजोरी ? 
फिल्म मनोरञ्जनात्मक छ, तर थुप्रै कमजोरीसमेत छन् । मुख्य कमजोरी फिल्मको लेखनमा मेहनत पुगेको देखिँदैन । 

अभिमन्यू निरबी कथा लेखन रहेको फिल्ममा चर्चित केही कलाकारहरूको उपस्थिति फितलो लाग्छ । 

अभिनेता बुद्धि तामाङ र रवीन्द्र झा ‘फिल्ममा छन्’ भन्नका लागि मात्रै राखिएको लाग्छ । उनीहरूको सिन एकदमै कम छ । फिल्ममा केही घटनाक्रम सस्पेन्स छन्, तर रोचक लाग्दैनन् । 

null

विदेशबाट शव आउँदाको दृश्यले दर्शकलाई ‘कन्भिन्स’ गराउन सक्दैन । त्यो दृश्य नाटकीय लाग्छ, दर्शक भावुक बन्न सक्दैनन् । फिल्मको गीतसंगीत पक्षलाई औसत मान्नुपर्छ । 

दृश्यलाई मनमोहक ढंगबाट देखाउन पुरुषोत्तम प्रधानको छायांकनमा  खोट लगाउने ठाउँ धेरै पाइँदैन । विपिन मल्ल र भूपेन्द्र अधिकारीको सम्पादनले पनि गुनासो गर्ने ठाउँ दिँदैन । व्याकग्राउण्ड स्कोर, साउण्ड डिजाइन केही लाउड लाग्छ ।

कृषा चौलागाईंको पहिलो निर्देशकीय फिल्म हो, ‘ऐँचो पैँचो’ । केही कमीकमजोरीका बीच उनले मनोरञ्जनात्मक कन्टेन्ट रुचाउने दर्शकलाई रुचिकर हुने फिल्म भने दिएकी छिन् । सँगसँगै, नेपालमा महिला निर्देशकहरू एकदमै कम रहेको अवस्थामा कृषाले आफूलाई बलियो सम्भावनाका रुपमा पनि उभ्याएकी छिन् । 

भोलिका दिनमा भने उनीबाट अझ स्तरीय फिल्मको अपेक्षा हुनेछ ।

फिल्म : ‘ऐँचो पैँचो’
निर्देशक : कृषा चौलागाईं
कलाकारहरू : स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल, सुशील सिटौला, कोशिस क्षेत्री आदि 
समय : २ घण्टा ६ मिनेट ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x