×

NMB BANK
NIC ASIA

'एक भगवत् गीता’को नाम विवादबारे चलचित्र विकास बोर्डमा छलफल

काठमाडाैं | भदौ १९, २०८०

NTC
Premier Steels

चलचित्र विकास बोर्डमा केही आध्यात्मिक संस्थाहरूले नेपाली चलचित्र ‘एक भगवत गीता’को नामबारे उठाएका प्रश्न र विमतिको विषयमा छलफल भएको छ । 

Muktinath Bank

भदाै २९ गते रिलिज मिति तोकिएको चलचित्रको नाम परिवर्तन गर्नुपर्ने माग आध्यात्मिक विकास समाज, हिन्दू जागरण नेपाल र विश्व हिन्दू युवा संघ अन्तराष्ट्रिय समितिले गरेका थिए । श्रीमद् भगवत् गीता कुनै कथा नभई सन्देशहरूको ग्रन्थ भएको कारण कथाको रूपमा गलत तरिकाले प्रस्तुत गर्न लागिएको आरोप ती संस्थाहरूले लगाएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छलफलमा निर्माण पक्षले भगवत गीताको नाममा कुनै गलत सन्देश दिन नलागेको प्रष्ट पारेको छ । गीताले दिएको कर्मयोगको सन्देशलाई आम मानिसमाझ परिचित गराउनु चलचित्रको उद्देश्य रहेको निर्माण पक्षले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

आध्यात्मिक गुरूहरूले स्क्रिप्ट र चलचित्र हेरेपछि नामसम्बन्धी विवाद टुंग्याउने सहमति भएको छ ।
बोर्ड अध्यक्ष भुवन केसीले चलचित्रको निर्माता परिवार नै अध्यात्ममा विश्वास राख्ने भएकोले चलचित्रले धर्मग्रन्थलाई गलत व्याख्या नगर्ने विश्वास लिएको बताए । ‘हुनत मैले यो चलचित्र हेरेको छैन । तर पनि उहाँहरूको परिवारका सबै सदस्य नै आध्यात्मिक रहेको कारण श्रीमद् भगवत् गीताको सन्देशविपरीत चलचित्र बनाउनुभएको छ भन्ने लागेको छैन,' उनले भने, 'यद्यपि चलचित्र हेरेर मात्र नाम परिवर्तनको विषयमा निर्णय लिनु उत्तम हुनसक्छ ।’ केसीले समस्या समाधानको लागि बोर्डले सदैव सबै पक्षलाई स्वागत गर्ने जिकिर गरे ।

Vianet communication

बोर्डका प्रवक्ता केएल बुढाथोकीले एक भगवत् गीताबारेको विवाद र विमति सकारात्मक निष्कर्षमा पुर्‍याउने सहमति भएको बताए । चलचित्रले कुनै पनि जात, धर्म र समुदायमाथि आघात पुर्‍याउने, विभेद सिर्जना गर्ने, द्वैष र घृणा फैलाउने वा कुनै किसिमको मानहानी हुने आशय व्यक्त गर्नु हुँदैन भन्ने कुरामा बोर्ड स्पष्ट र दृढ रहेको बुढाथोकीले बताए । बोर्ड सिर्जनात्मक स्वतन्त्रताको पक्षधर रहेको उनको जिकिर छ ।

बोर्डका अध्यक्ष भुवन केसीको उपस्थितिमा भएको छलफलमा चलचित्रको तर्फबाट निर्माता सुनिलकुमार थापा, निर्देशक झरना थापा र नायिका सुहाना थापा सहभागी थिए । यस्तै हिन्दू जागरण नेपालका रामकृष्ण उपाध्याय, हरिप्रसाद पाठक, शिव सेना नेपालकी सिर्जना वाग्ले, मनोज सापकोटा, विश्व हिन्दू युवा संघ अन्तराष्ट्रिय समितिका सागर थापालगायत आध्यात्मिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

छलफलमा बोर्डका सदस्य सचिव विशाल सापकोटा, सदस्यहरू राजु केसी र रविचन्द्र अधिकारीसहित चलचित्र वितरकद्वय गोपाल कायस्थ र गोविन्द शाही, चलचित्र निर्माता उदय सुब्बा लगायतको सहभागिता थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x