×

NMB BANK
NIC ASIA

अभिनेत्री गौरी मल्लले आफ्नै स्वरमा ल्याइन् तीज गीत, भिडियोमा मिथिलासँग नाचिन् ​

काठमाडाैं | भदौ २०, २०८०

NTC
Premier Steels

​बाल्यकालदेखि गायनमा समेत सौखिन अभिनेत्री गौरी मल्लले वर्षौं पहिले दर्जन बढी गीत गाएकी थिइन् ।

Muktinath Bank

उनले चलचित्र ‘भाई’मा नायिका मेलिना मानन्धरको लागि पाश्र्व गायन समेत गरेकी थिइन् । यद्यपि उनले आफ्नो गायन करियर भन्दा अभिनय करियरलाई नै अगाडि बढाएकी थिइन् । उनै अभिनेत्री मल्लले गायिकाको परिचयलाई पुनः जीवित पार्दै तीज विशेष गीत सार्वजनिक गरेकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजधानीमा एक कार्यक्रमकाबीच उनले ‘धिन ताका नाका धिन’ बोलको गीतको अडियो भिडियो सार्वजनिक गरेकी हुन् । सार्वजनिक तीज गीतमा शब्द, सङ्गीत र स्वर दिँदै उनी गायनमा फर्किएकी छन् । उनले आफ्नै नामबाट युट्युब च्यानल समेत शुभारम्भ गरेकी छन् । यस गीतको भिडियो उनकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 


Advertisment
Nabil box
Kumari

यस गीतको भिडियोमा गौरी आफैले अभिनय गरेकी छन् । गौरीसँगै अभिनेत्री मिथिला शर्माले पनि यसमा अभिनय गरेकी छन् । साथमा समाईरा श्रेष्ठ, तेन्जु योन्जन, निलम पौडेल, सिम्रन शेरचन लगायतको अभिनय छ । भिडियोलाई सन्तोष राजबाहकले कोरियोग्राफी तथा निर्देशन गरेका छन् ।

Vianet communication

अञ्जु पोखरेल दाहाल म्युजिक भिडियोकी निर्माता हुन् भने सुवास दाहालले निर्माण संयोजन गरेका छन् । उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ । 

गीत सार्वजनिक कार्यक्रममा  मल्ल  उत्साहित र भावुक बनेकी थिइन् । उनले आफ्नी आमालाई सो कार्यक्रममा निम्त्याएकी थिइन् । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, वरिष्ठ गीतकार करूण थापा, वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठ लगायत अतिथिको रुपमा उपस्थित थिए । 

कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठले नृत्य, गायन र अभिनय तीन वटै कलामा पोख्त रहेकाले गौरीलाई नाट्यश्वरीकी छोरी रहेको बताउँदै शुभकामना दिए । 

अभिनेत्री वसुन्धरा भुसालले आफ्नो परिस्थितिले साथ नदिँदा यस गीतमा अभिनय गर्न नपाएको बताइन् । अभिनेत्री मिथिला शर्माले सबै काम छोडेर यस गीतमा अभिनयको लागि तत्कालै राजी भएको बताइन् । 

मल्लले आफ्नो गायन यात्राबारे स्मरण गर्दै गायिका रचना रिमालले समय दिन नसकेपछि रेकर्डिष्ट डिजे एलएक्सले प्रेरणा दिई आफैंलाई गाउन लगाएको बताइन् । 

उनले आफूमा यसरी गाउन सक्छु भन्ने हिम्मत नरहेको तर सफल भएको बताइन् । उनले अब गायनमा निरन्तरता दिने बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x