
ललितानिवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १८ जना रिहा हुने भएका छन् ।
काठमाडौं जिल्ला अदालतले गुरुङलाई २ करोड ४६ लाख धरौटीमा रिहा गर्न आइतवार आदेश गरेको हो ।
न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनासँग धरौटी माग्दा केशव तुलाधरलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
थुनछेक बहसपछि अदालतले अभियुक्तहरूलाई थुनाबाहिरै बसेर तारेख धाउने सुविधा दिएको हो । अदालतले कलाधर देउजासँग १५ लाख धरौटी मागेको छ ।
गुरुङ र देउजाका अलावा रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, घमनकुमार कार्की, गोपाल कार्की, योगराज पौडेल नारायणराज मिश्र, अरुण कुमार श्रेष्ण र लोकहरि घिमिरेसँग समान ७ लाख ५० हजार धरौटीमा मागिएको छ ।
हेर्नुहोस्, कोसँग कति धरौटी माग ?
सरकारी दस्तवेज कीर्ते गरी ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा लगेको भन्दै सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा अभियोजन गरेको थियो ।
पक्राउ परेका अभियुक्तहरूको बयान सकेर थुनछेक बहस भएको थियो । अब उनीहरूले बाहिरै बसेर तारेख धान्न सक्नेछन् ।
यही प्रकरणमा अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ ।
यस्तो छ आदेश