×

Dabur
MG

सुन तस्करीको अनुसन्धान

६० केजी सुन प्रकरणः लगानीकर्ता ‘लिन’ र मुख्य योजनाकार ‘एलेक्स’ भएको सीआईबीको निष्कर्ष

नेपालमा मुख्य व्यवस्थापक दावा, हाइप्रोफाइलसँग कनेक्सन

काठमाडाैं | भदौ २६, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६०.७१७ केजी सुन प्रकरणको ३८ दिनको अनुसन्धान सोमवार नै टुङ्ग्याएर राय प्रतिवेदन आज बुझाउने तयारी गरेको छ । पक्राउ परेकालाई प्रतिवादी बनाएर अन्यलाई मुद्दा खुला राख्नेगरी राय प्रतिवेदन बनाइ सरकारी वकिलको कार्यालयमा आज बुझाउने तयारी गरिएको सीआईबीले जनाएको छ । सीआईबीले सोमवारदेखि राय प्रतिवेदन तयारी गरिरहेको हो ।

yONNEX
Sagarmatha Cement

सीआईबी र राजश्व अनुसन्धान कार्यालयले ३० जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । १९ दिनको अनुसन्धानपछि विभागले सीआईबीलाई जिम्मा लगाएको थियो । त्यसपछि केही चिनियाँ नागरिकसहित नेपालीहरू पक्राउ परेका छन् । बुझाउन लागेको राय प्रतिवेदनमा एलेक्स भनिने याओ पुचेङ्ग मुख्य अभियुक्त भएको निष्कर्ष निकालेको सीआईबी स्रोतले लोकान्तरलाई बतायो । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

‘एलेक्स मुख्य योजनाकार भएको तथ्य खुलेको छ, उनले नै नेपाल हुँदै भारतसम्म सुन पु¥याउने गरेको देखियो,’ स्रोतले लोकान्तरलाई भन्यो । बेल्जियन नागरिक दावा छिरिङ र उनकी पत्नी अमरा रोकाले नेपालका हाइप्रोफाइलसँग सम्बन्ध विस्तार गर्ने र उनीहरूसँग सेटिङ मिलाउने गरेको देखिएको सीआईबीले जनाएको छ । 


Advertisment
Kumari
Saurya island
Pardeshi

राजश्व अनुसन्धान विभागले प्रहरीलाई मुद्धा बुझाउने अन्तिम समयमा ठमेलमा होटल सञ्चालन गर्दै आएका दावालाई पक्राउ गरेको थियो । शुरूमा उनलाई नै मुख्य योजनाकार भएको ठानिएको थियो । तर सीआईबीले त्यसको जरैसम्म पुग्ने कोसिस गरेर नयाँ सुन कनेक्सन पत्ता लगाएको दाबी गरेको छ । दावाले नेपालमा ‘व्यवस्थापक’को भूमिका निर्वाह गर्दै आएका थिए । तस्करहरूलाई खानेबस्ने ठाउँको व्यवस्था मात्रै नभएर युवतीसमेत मिलाउने गरेको अनुसन्धानमा खुलेको सीआईबी स्रोतले जनाएको छ । 

Vianet communication
Laxmi Bank

उनले चिनियाँ नागरिकलाई नेपालको नक्कली नागरिकता र राहदानी (पासपोर्ट) बनाउनेसम्मको भूमिका खेलेको अनुसन्धानमा देखिएको छ । मुख्य अभियुक्त एलेक्सलाई नेपाली नागरिकता दिलाउने काम पनि उनैले गरेको प्रहरीले जनाएको छ । सीआईबीको अनुसन्धानमा छायाँ सेन्टरमा रहेको ‘वाल्डो क्यासिनो’को भूमिका देखिएको छ । मुख्य अभियुक्त एलेक्सले त्यहाँबाट क्रिफ्टो करेन्सी र हुण्डीमार्फत हङ्कङ पैसा पठाउने गरेको खुलेको हो । सीआईबीले क्यासिनोका व्यक्तिहरूसँग पनि बयान लिएको स्रोतले लोकान्तरलाई बतायो । 

हङ्कङबाट सुन आएको देखिएपछि सीआईबीले एसएसपी दिनेश आचार्यलाई त्यहाँ अनुसन्धानका लागि पठाएको थियो । उनले केहीदिन बसेर त्यहाँको सत्यतथ्य ल्याएर आएका थिए । उनले हङकङबाट नेपालमा ‘लिन’का व्यक्तिले सुन पठाउने गरेको निष्कर्ष उनले लिएर आएका थिए त्यो पनि प्रतिवेदनमा समावेश गरिएको छ । 

‘लिन’ भन्ने व्यक्तिले सुन नेपालहुँदै भारतसम्म पठाउने गरेको देखिएको छ । श्याम भन्ने व्यक्ति पनि एलेक्सभन्दा माथि देखिएका छन्,’ स्रोतले लोकान्तरलाई भन्यो । तर सीआईबीले लिन र श्यामलाई भने पक्राउ गर्न सकेको छैन । 

नेपालमा सुन गालेर भारतीय बजारसम्म पु¥याउने भूमिका सुमन खरेल र किशोर बस्नेतले गरेको सीआईबीको प्रतिवेदनमा उल्लेख गरिएको छ । सीआईबीले उनीहरूलाई भारतीय सीमा क्षेत्रबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । उनीहरू दावाको मुख्य सहयोगीको रुपमा भूमिका खेलेको सीआईबीले जनाएको छ । सीआईबीले दावाकी श्रीमती अमला रोकालाई पनि प्रतिवादी बनाएर राय प्रतिवेदन बुझाउन लागेको छ । उनी दावा पक्राउ परेसँगै फरार भएकी छिन् । 

निवर्तमान महानिर्देशक अधिकारीले गरेका थिए मोबाइल फम्र्याट

६०.७१६ केजी सुन प्रकरणमा मुछिएपछि गृह मन्त्रालयले अध्यागमन विभागका निर्तमान महानिर्देशक झलकराम अधिकारीलाई मन्त्रालय तानेको थियो । सुन प्रकरण बाहिर आएलगत्तै उनले मोबाइल फोन फम्र्याट गरेको देखिएको छ । सीर्आइबीले उनलाई पनि कागज बयान गराएको छ । ‘उहाँले केस बाहिर आउनेबित्तिकै मोबाइल फम्र्याट गरेको देखिएको छ,’ सीआईबी स्रोतले लोकान्तरसँग भन्यो । सीर्आइबीले उनको मोबाइल अनुसन्धानका लागि फरेन्सिक ल्याब पठाएको थियो तर केही तथ्य फेला नपरेको स्रोतले बतायो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मोटरसाइकल र स्कुटरको ‘ब्रेक सू’का रुपमा बाहिरिएको १६० केजी सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट साउन २ गते बरामद गरेको थियो । त्यसलाई गाल्दा सुन ६०.७१६ केजी मात्र भएको थियो । विभाग र सीआईबीले सुन तस्करीमा मुख्य भूमिका खेल्नेदेखि ड्राइभरसम्मलाई पक्राउ गरेको थियो ।  विभागले १९ दिनमा १८ जनालाई पक्राउ गरेको थियो । रुक्मिना सुब्बालाई भने क्यान्सरपीडित भएको देखिएपछि भन्सार एजेन्ट हाजिरी जमानीमा रिहा गरेको थियो । 

रावश्व अनुसन्धान विभागले दोलखाको मेलुङ गाउँपालिका–३ का दिलिप भुजेल र रामकुमार भुजेल, भोजपुरको अरुण गाउँपालिका–४ का हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, भन्सार एजेन्ट राजेन्द्र राई, ट्याक्सी चालक अशोक लामा, चिनियाँ नागरिक जिक्वाङ लिन र राजन श्रेष्ठलाई पक्राउ गरेको थियो । 

यस्तै, ट्रान्स ग्लोबस सर्भिसका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, भन्सार एजेन्टहरू यादव पराजुली र सुदर्शन गौतम, भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल, नायब सुब्बा सरोज श्रेष्ठ पनि यो प्रकरणमा समातिएका थिए ।  यसैगरी नक्सालबाट सुरेन्द्र तामाङ र बेल्जियन नागरिक दावा छिरिङलाई समेत पक्राउ गरिएको थियो ।

सीआईबीले टियान मी, वेन तोङ, डिङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ्ग, भन्सारका कर्मचारी गणेश पौडेल, दावालाई सहयोगीका रुपमा किशोर बस्नेत, सीमा नाकाबाट भारतमा सुन पुर्याउने सुमन खरेल र बारा सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष शिवकुमार सर्राफलाई पनि पक्राउ गरेको थियो ।

 
 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
भदौ ३१, २०८०

६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । आइतवार दायर गरिएको मुद्दामा २९ जनालाई प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका जिल्ला न्...

असोज ७, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पालिकाको वडा नम्बर ८ कचोर्वास्थित जनता माध्या...

असोज १०, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरेको आरोपमा उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ढुङ्गा, गिटी, ग्राभेल, रो...

असोज २, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको नापी कार्यालय, लहानमा कार्यरत अमिन (करार) दीपरन्जन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गत भदौ ६ गते १० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका यादवविरुद्ध ...

असोज ८, २०८०

पूर्वमन्त्री रामकुमार श्रेष्ठ गैरकानूनी सम्पत्तिआर्जन मुद्दामा दोषी ठहर भएका छन् । हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा विशेष अदालतले सोमवार फैसला गरेको हो । यमुना भट्टराई र खुशीप्रसाद थारूको इजलासले श्रेष्ठलाई ...

भदौ ३१, २०८०

२९ जना जिल्ला न्यायाधीशका लागि भनेर लिइएको लिखित परीक्षामा १ जना मात्र उत्तीर्ण भएपछि धेरैको ध्यान यसतर्फ केन्द्रित भएको छ । २११ जना सम्मिलित परीक्षामा एक जनामात्र अन्तर्वार्ताका लागि छनोट भएको न्याय सेवा आयोगले...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x