२८ असार २०८३, आइतबार

‘नाडा अटो शो’मा ५ सयभन्दा बढी टाटा टियागो ईभीको बुकिङ

असोज १, २०८०
काठमाडौं
‘नाडा अटो शो’मा ५ सयभन्दा बढी टाटा टियागो ईभीको बुकिङ

नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो ईभीको बुकिङ उत्साहजनक रहेको बताएको छ ।

भदौ २६ गतेबाट ३१ गतेसम्म भृकुटीमण्डपमा चलेको १५ औं ‘नाडा अटो शो २०२३’ मा कम्पनीले टाटा टियागो ईभी, टाटा नेक्सन ईभी एक्स जेड प्लस र टाटा पन्च सार्वजनिक गरेको थियो ।​

शुरूवाती मूल्य २१ लाख ९९ हजार रुपैयाँ रहेको टियागो ईभी ५ सयभन्दा बढीको बुकिङ्ग भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार टाटा नेक्सन ईभी एक्स जेड प्लस र टाटा पन्चको बुकिङ पनि उल्लेखनीय रहेको छ ।​

null

सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले ‘नाडा अटो शो’मा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको बताए । अटो पारखीले टाटा मोटर्सका गाडीहरूमा देखाएको उत्साहले कम्पनीलाई थप उर्जा मिलेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्