×

Dabur
MG

देश दौडाहाको तयारीमा ‘परदेशी २’ टिम, फिल्मको कथामा आधारित नाटक देखाइने

काठमाडाैं | असोज १, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ यसै साताबाट देश दौडाहामा निस्किने भएको छ । 

yONNEX
Sagarmatha Cement

केही दिन काठमाडौंका विभिन्न कलेजहरूमा पुगेर नाटक प्रस्तुत गरेको चलचित्रको यही बिहीवार (असोज ४)बाट देश दौडाहा सुरु हुन लागेको हो । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

‘परदेशी २’कै थिममा आधारित रहेर तयार पारिएको नाटक लिएर काठमाडौं बाहिरका मुख्य शहरमा पुग्न लागिएको निर्माण टिमले जानकारी दिएको छ । नाटकमा चलचित्र बाहिरका प्रोफेसनल कलाकारहरूले प्रस्तुति दिनेछन् । 


Advertisment
Kumari
Saurya island
Pardeshi

त्यस्तै, देश दौडाहामा चलचित्रका मुख्य कलाकारहरू अभिनेता प्रकाश सपूत, अभिनेत्रीद्वय केकी अधिकारी र वर्षा शिवाकोटीलगायतको सहभागीता रहनेछ । 

Vianet communication
Laxmi Bank

चलचित्रको टिमले असोज ४ र ५ गते चितवनमा कार्यक्रम गर्ने तय भएको छ । त्यसपछि ७ र ८ गते नेपालगञ्ज पुगेर कार्यक्रम गर्नेछ ।

९ र १० गते बुटवलमा कार्यक्रम हुनेछ भने ११ र १२ गते चलचित्रको टिम पोखरा पुगेर कार्यक्रम गर्नेछ । देशका यी मुख्य शहरका स्कूल/कलेजमा हुने कार्यक्रममा चलचित्रका मुख्य कलाकारहरूले विभिन्न प्रस्तुतिका साथ प्रचारप्रसार गर्दै चलचित्र हेर्न दर्शकलाई आग्रह गर्नेछन् । 

चलचित्र बाहिरका कलाकारहरूले ‘विदाई’ शीर्षकको साङ्गीतिक पक्षलाई समेत समेटिएको नाटक कलेज ड्रेसमै प्रस्तुत गर्नेछन् । ​

रमेश बिजीको कथा लेखन रहेको ‘परदेशी २’ विदेशमा पढ्न जाने विद्यार्थीहरूको कथामा निर्माण भएको हो । विद्यार्थीको कथामा बनेको चलचित्र भएका कारण सोही विषयमा नाटक तयार पारेर प्रस्तुत गरिएको निर्देशक नारायण रायमाझीले बताएका छन् । यसले चलचित्रको प्रचारमा ठूलो भूमिका खेल्ने विश्वास निर्माण टिमको ।

‘परदेशी २’ मा प्रकाश, केकी र वर्षाका साथमा नीर शाह, रमा थपलिया, प्रशान्त तामाङ्ग, दीलिप रायमाझी, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । लोकदोहोरी गायनमा स्थापित प्रकाशको यो पहिलो चलचित्र हो । 

राजेश बंशल (अग्रवाल) र नारायण रायमाझीले संयुक्त रुपमा चलचित्रको निर्माण गरेका हुन् । यसको अघिल्लो श्रृङ्खला बक्स अफिसमा सुपरहिट भएको थियो । पहिलो चरणको देश दौडाहा सकिएपछि चलचित्रको दोस्रो चरणको देश दौडाहा सुरु हुनेछ । चलचित्रप्रति दर्शकलाई आकर्षित गर्न ‘परदेशी २’ले अपनाएको प्रचार शैलीलाई प्रशंसा गरिएको छ । 

मानकृष्ण महर्जनको छायांकन, बि.बि अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको चलचित्रमा अष्ट महर्जनको द्धन्द्ध, श्यामश्वेत रसाईलीको साउण्ड डिजाइन र मिक्सिङ, दीर्घ खड्काको सम्पादन छ ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ४, २०८०

निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’को गीत सार्वजनिक गरिएको छ ।  तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको ‘बिरामी मुलुक’ बोलको लि...

असोज ७, २०८०

विसं २०६३ पश्चात् अन्य क्षेत्रझैँ चलचित्र क्षेत्रमा पनि परिवर्तन देखियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउन थाले । विसं २०६५ पश्चात ‘कागबेनी’, ‘सानो ...

असोज ५, २०८०

हिजो काम, आज काम  काम विदेशमा काम भन्दा के नै छ र आमा विदेशमा ‘परदेशी–२’ चलचित्रमा समावेश नयाँ गीत ‘हिजो काम...’लाई स्रोता एवं दर्शकले रुचाएका छन् । सतिश चापा...

असोज ८, २०८०

असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतीक्षित चलचित्र ‘परदेशी २’ले यतिबेला प्रचारप्रसारलाई तीव्र बनाएको छ । देशका विभिन्न मुख्य सहरमा प्रचार गरिरहेको चलचित्रका कलाकार तथा निर्देशक दुई दिनदेखि न...

असोज ७, २०८०

दयाहाङ राई र सौगात मल्ल स्टारर चलचित्र ‘दुई नम्बरी’ युट्युबमा सार्वजनिक भएको छोटो समयमै ट्रेन्डिङको शीर्षस्थानमा पुगेको छ ।  गत शुक्रवार सार्वजनिक चलचित्रले राम्रो भ्युज पाउँदै ट्रेन्डिङको पहिलो...

असोज ६, २०८०

एक समयकी ‘हिट’ अभिनेत्री झरना थापा पछिल्लो समय निर्देशकका रूपमा सक्रिय छिन् । ६ वर्षअघि ‘ए मेरो हजुर २’बाट निर्देशनमा होमिएकी उनले त्यसपछि क्रमशः ‘ए मेरो हजुर’को तेस्...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x