२३ जेठ २०८३, शनिबार
सर्भिस लेनमा रातो रंग

रत्नपार्क-सूर्यविनायक द्रुत बस : काठमाडौं-भक्तपुर सडकमा किन पोतियो रातै रंग ?

असोज २, २०८०
काठमाडौं
रत्नपार्क-सूर्यविनायक द्रुत बस : काठमाडौं-भक्तपुर सडकमा किन पोतियो रातै रंग ?

काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बससेवा सञ्चालनका लागि भनेर सडक 'मार्किङ'को काम धमाधम भइरहेको छ ।

null

सर्भिस लेनको आधाजसो भागमा रातो पोतेर छुट्टै लेन तयार पार्ने काम भइरहेको हो ।

संविधान दिवसको दिन (भोलि)बाट द्रुत बससेवा सञ्चालन गर्ने तयारी भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

null

बिहान-बेलुका कार्यालय समयमा दुईतर्फ गरी २५ वटा बस सञ्चालन गर्ने तयारी भएको विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले बताए ।

बुधवार संविधान दिवसको सार्वजनिक बिदा परेकाले उद्घाटनस्वरूप रत्नपार्कबाट २ वटा बस सञ्चालन गर्ने तयारी भएको उनको भनाइ छ ।   

बिहान ९ र ११ तथा अपराह्न ४ देखि साँझ ६ बजेसम्म सो लेनमा एम्बुलेन्स, दमकल, शवबाहन र स्टाफ बसबाहेक अन्य सवारी चल्न नपाउने पनेरुले बताए ।

किन पोतियो रातो रंग?

सामान्यतया रातो रंगलाई सडकमा सवारी रोक्ने वा निषेध गर्ने प्रयोजनका लागि प्रयोग गरिँदै आएको छ ।

साथै रातो रंगमा निरन्तर हेरिरहन पनि नसकिने भएकाले यसलाई दृष्टि अनुकूल रंग मानिँदैन । यस्तोमा रातो रंग नै सडकमा किन पोतियो भनेर प्रश्न उठेको छ ।

null

'लेन मार्किङ'को काम गरेको सडक विभागले भने अन्तर्राष्ट्रिय अभ्यासअनुसार नै रातो रंग लगाइएको बताएको छ ।

'रातो रंग इन्टरनेसनल स्ट्यान्डर्ड हो । विज्ञको रिकमेन्डेसन अनुसार नै प्रयोग गरेका हौं किनभने इन्टरनेसनल स्ट्यान्डर्ड त्यही रहेछ,' सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता रामहरि पोखरेलले लोकान्तरसँग भने ।

त्यस्त द्रुत बसहरू निश्चित स्टेसनमा मात्र रोकिने भन्दै उनले त्यसका लागि समेत मार्किङको काम भइरहेको बताए ।

null

'स्टप मार्किङको काम पनि भइरहेको छ, दुई/तीन दिनमा सबै काम भइसक्छ,' पोखरेलले लोकान्तरसँग भने ।

प्रहरी भन्छ, 'हामी कार्यान्वयन गर्ने निकाय मात्र हौं'

सडकमा रातो पोतिएको विषयमा जिज्ञासा राख्दा उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाका प्रवक्ता एसएसपी राजेन्द्र भट्टले अनभिज्ञता प्रकट गरे ।

null

'विभागले बनाएको व्यवस्थालाई हामीले कार्यान्वयन गर्ने मात्रै हो, विभागले के हिसाबले सडक मार्किङ गरेको छ भन्ने विषय हामीलाई थाहा हुँदैन,' भट्टले भने, 'हामीले सोध्दा अन्तर्राष्ट्रिय अभ्यास भनेर बताउनुभएको छ ।'

द्रुत सेवाअन्तर्गत २५ वटा बस गुड्ने जानकारी आएको र आफूहरूले त्यसमा सहजीकरण गर्ने भट्टले लोकान्तरसँग बताए ।

हेर्नुहोस्, भिडियो :

थप तस्वीरहरू :

null

null

salt training

कमेन्ट गर्नुहोस्