०३ साउन २०८३, आइतबार

असोज १० गतेदेखि जावलाखेलमा जुत्ता चप्पल मेला हुँदै, प्रवेश निःशुल्क

असोज ७, २०८०
काठमाडौं
असोज १० गतेदेखि जावलाखेलमा जुत्ता चप्पल मेला हुँदै, प्रवेश निःशुल्क

‘ललितपुर वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८०’को आयोजना हुने भएको छ ।

‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित असोज १० गतेदेखि कार्तिक ३ गतेसम्म मेलाको आयोजना गरिएको नेपाली जुत्ता चप्पल उत्पादक समूहले जनाएको छ ।

आइतबार आयोजित एक कार्यक्रममार्फत समूहले ललितपुरको जावलाखेलमा दशैं लक्षित जुत्ता चप्पल मेला आयोजना हुन लागेको जानकारी दिएको हो ।

स्वदेशमा उत्पादित जुत्ता चप्पलहरू र स्वदेशी ब्रान्डहरूलाई आम उपभोक्ताहरूको बीचमा परिचित गराउने उद्देश्यसहित मेला आयोजना गरिएको मेला संयोजक होमनाथ उपाध्यायले बताए ।​

वडादशैं पर्व लक्षित यो मेलामा नयाँ/नयाँ डिजाइनका जुत्ता चप्पल आकर्षक मूल्यमा उपलब्ध हुने पनि उपाध्यायले जानकारी दिए । उनका अनुसार मेला बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म खुला रहनेछ ।

मेलामा तीन हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरू उपलब्ध हुने आयोजकले जनाएको छ । आयोजक टिमले मेलामा नेपाली र गुणस्तरीय उत्पादनका जुत्ता चप्पल रहने पनि बताइएको छ । ​

उपाध्यायले नयाँ उत्पादनहरु उक्त मेलामा लन्च गरिने बताउँदै मेला अवधिभर न्यूनतम २० प्रतिशतदेखि कतिपय उत्पादनहरूमा ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको पनि बताए ।

आयोजक टिमले मेला अवधिभरमा तीन लाख जनालाई अवलोकन गराउने लक्ष्य आयोजक टिमले राखेको छ । मेलामा निःशुल्क प्रवेश गर्न सकिने छ ।

null

salt training

कमेन्ट गर्नुहोस्