
ग्लोबल आईएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्तालाई पहिलो कारोबारमा २५ प्रतिशत क्यासब्याकको अफर सार्वजनिक गरेको छ ।
बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ल्याएको क्यासब्याक अफरमा पहिलोपटक ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डमार्फतको कारोबार गर्ने ग्राहकले अधिकतम २५ प्रतिशत (रु. ५०० सम्म) क्यासब्याक प्राप्त गर्नेछन् ।
आगामी कार्तिक ३ गतेसम्म चल्ने अभियानले क्रेडिट कार्ड प्रयोगकर्ताको सक्रियता र संलग्नता वृद्धि गर्ने बैंकको योजना छ ।
ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न योजनाहरू ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको बैंकले जनाएको छ ।
ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकले ३५० शाखा कार्यालय, ३६८ एटीएम, ३२२ शाखारहित बैंकिङ्ग सेवा, ६५ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।