
नेपालका लागि युरोपियन कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लू एक्सपान्जेले दशैं–तिहारलाई लक्षित गरी ‘स्कोडा फाइभ स्टार’ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकले स्कोडाबाट पाँच वटा फाइदा लिन सक्नेछन् ।
‘कोडाले ग्लोबल एनसीएपीमा पाएको फाइभ स्टार रेटिङ झैं स्कोडाले फाइभ स्टार अफरमा आफ्ना ग्राहकका लागि पाँच वटा फाइदा उपलब्ध गराउनेछ । जसले स्कोडा वनरसिपलाई नयाँ उचाइमा पुर्याउनुका साथै यात्रालाई थप स्मरणीय, सुरक्षित र रोमाञ्चक बनाउनेछ’ कम्पनीले भनेको छ ।
पहिलो अफरका रुपमा कम्पनीले स्कोडा फाइनान्सिङमा पाँच वर्षका लागि निश्चित बजारमा सबैभन्दा कम ८.९९ प्रतिशत ब्याज दर उपलब्ध गराउनेछ ।
यसका साथै स्कोडाले एक वर्षका लागि निःशुल्क इन्स्योरेन्स दिनेछ ।
त्यसैगरी, स्कोडाले फेस्टिभ अफरमा जुनसुकै ब्रान्डको पुरानो गाडीको सहज एक्सचेन्ज र एक्सचेन्ज बोनस पनि उपलब्ध गराउनेछ ।
दशैं–तिहारमा स्कोडा किन्ने ग्राहकले स्कोडाको जेन्युन् एसेसोरिज प्राप्त गर्नेछन् । जसले स्कोडालाई आफ्नो व्यक्तित्व सुहाउँदो र स्टाइलिस बनाउन मद्दत गर्ने कम्पनीको विश्वास छ ।
पुरानो स्कोडा बेचेर नयाँ स्कोडा चढ्न चाहनेका लागि एमएडब्लू एक्सपान्जेले धन्यवाद स्वरूप लोयल्टी बोनस पनि दिने भएको छ ।
‘स्कोडाले सदा आफ्नो ग्राहकको हितलाई केन्द्रमा राख्दै आएको छ । स्कोडाको यो फाइभ स्टार अफरले सुरक्षित यात्रालाई पहिलो प्राथमिकता दिँदै ग्राहकलाई मूल्य, गुणस्तर र अद्वितीय अनुभवप्रति हाम्रो प्रतिबद्धतालाई प्रमाणित गर्छ,’ एमएडब्लू एक्सपान्जेका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘हामी यो अफरको फाइदा उठाउन नजिकैको स्कोडा सोरुममा आएर स्कोडाका सुरक्षित कारको टेस्ट ड्राइभ गर्न अनुरोध गर्न चाहन्छौं ।’
यो स्किमले सुरक्षाप्रति स्कोडाको प्रतिबद्धतालाई दर्साएको छ ।
स्कोडाका हरेक कारमा अत्याधुनिक सुरक्षाका फिचर छन् जसले क्र्यास टेस्ट र सेफ्टी रेटिङमा फाइभ स्टार पाएका छन् ।