×

NMB BANK
NIC ASIA

साथीको चप्पल लगाएर बाग्लुङ झरेका गौतम एनआरएनएको उपाध्यक्षमा भिड्दै

काठमाडाैं | असोज १८, २०८०

NTC
Premier Steels

भनिन्छ, समय सधैं उस्तै रहन्न। समयसँगै मान्छेको यात्रा र सपना फेरिन्छन्। सपनासँगै उसको भविष्य पनि फेरिन्छ। भविष्य फेर्न मान्छेले विभिन्न पेशा व्यवसाय गर्छन् । 

Muktinath Bank

सामान्य किसान परिवारमा जन्मिएका गंगाधर गौतम आजभन्दा ३० वर्ष अगाडि एउटा सपना बोकेर गलकोटदेखि घसघसाको उकालो पार गरेर सदरमुकाम बाग्लुङ बजार आइपुगेका थिए। पुरै एक दिनको पैदल यात्रा गरेर बाग्लुङ पुग्दा गौतमसँग खुट्टामा साथीसँग मागेको एकजोर चप्पल थियो। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाग्लुङ झरिसकेपछि गौतमले आफ्नो अध्ययनलाई अगाडि बढाउने विचार गरे। त्यसका लागि धवलागिरि बहुमुखी 
क्याम्पसमा भर्ना भए। 


Advertisment
Nabil box
Kumari

शहरको रमझममा उनी खुशी भएनन्। गाउँकै दु:ख कष्ट अनि अभावहरूले उनलाई पिरोली रह्यो। तत्कालीन समयमा खाली खुट्टा हिँडिरहेका गाउँघरका आफूजस्तै हजारौ नेपालीहरूको खुट्टामा एकजोर चप्पल लगाई दिने सपना उनको मनमा आयो। 

Vianet communication

पढ्न क्याम्पस भर्ना भएका उनी अचानक राजनीतिको लहरतिर होमिन पुगे। राजनीतिले मात्रै समग्रमा गरिबी र अभावको निर्मूल गर्छ भन्ने उनलाई छाप परेको थियो। लाईब्रेरीमा गएर बीपी कोइरालाका किताबहरू खोजी खोजी पढ्नु उनको दैनिकी थियो। 

सानैदेखि नै प्रचातान्त्रिक स्वभावका गंगाधर गाउँमा पनि निकै मिजासिला थिए। सानोमा उनलाई माया गर्नेहरू सबैले ठूलो नेता बन्छ भनेर फुर्काउने गर्दथे। 

यस्तै सपना, चाहना , बाध्यताबीच उनी राजनीतिमा सक्रिय रूपमा प्रवेश गरे। २०५३ देखि २०५७ सम्म दुईपटक सम्म नेविसंघ बाग्लुङको निर्वाचित जिल्ला सभापति भएर काम गरे। २०५१ मा बाग्लुङ्गको धवलागिरि क्याम्पसमा स्ववियु सभापतिमा समेत निर्वाचित भए।

यसरी युवा अवस्थामा नै राजनीतिक रूपमा एकपछि अर्को फड्को मारिरहेको बेलामा नेपाली राजनीतिमा अचानक नयाँ मोड आयो। नेकपा माओवादीले ०५२ सालमा सशस्त्र युद्धको घोषणा गरेपछि उनको बाटो नै मोडियो। के कसो गर्ने भन्ने धर्म संकटमा परे। अन्तत, आमाको आग्रहलाई स्वीकार गरेर देश छाड्न तयार भए। 

२०५७ सालमा गौतमले वैदेशिक यात्राको तय गरे। बाग्लुङ बजार आउँदा चप्पल दिएको साथीसँग फेरि भेट्ने बाचा गरेर उनी युरोपको यात्रमा हिँडे। निकै हण्डर, ठक्कर खाएर बेल्जियम आइपुगे। अनि शुरू भयो- श्रमिकको जीवन। 

हुन त गंगाधर गौतम अहिले पनि श्रमिक नै छन्। तर श्रमिकसंगै श्रमिकको नेताको रूपमा उदायका छन्। श्रमिकसंगै समाजको नेता पनि छन्। डायस्पोराका नेपाली समुदायको सामाजिक, राजनीतिक नेतृत्व गरिरहेका छन्। कर्म क्षेत्र बेल्जियम भए पनि गौतमलाई सिंगो युरोपमा अविभावकको रूपमा मान्ने हजारौं नेपाली छन्। सबैको सुख-दु:खको साथी, अविभावकको रूपमा काम गरिरहेका छन्। 

बेल्जियम आएर गौतमले सन् २००० मा ‘नेपाली कांग्रेस नेपाल बेल्जियम सम्पर्क समिति’ गठन गरेका थिए । उनी संस्थापक महामन्त्री भए । २००६ मा उनी नेपाली जनसम्पर्क समिति बेल्जियमको महामन्त्री भए। सन् २००७ मा युरोपभरिका कांग्रेसजनको भेलापछि गठित नेपाली जनसम्पर्क समन्वय समिति, युरोपको महामन्त्री भए। सन् २००८ देखि २०१३ सम्म उनी नेपाली जनसम्पर्क समिति, बेल्जियमको सर्वसम्मत सभापति भएका थिए ।

तर उनको परिचय केही वर्षदेखि फेरिएको छ, एकजना एनआरएनए अभियान्ता र ग्राईण्ड डिजाईनरको रूपमा। 

उनी जस्तो सुकै विवादलाई पनि सुझबुझका साथ हल गर्ने व्यक्तिको रूपमा चिनिएका छन्। एनआरएनएमा शेष घले र कुमार पन्तबीच नेतृत्वको टकराब हुँदा दुवै समूहलाई मिलाएर लैजान उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

डायस्पोरामा सधैं नेपाली समाजको लागि उभिने यिनै गंगाधर गैतमले यतिबेला गैर आवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय उपाध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । यही अक्टोबरमा काठमाडौंमा हुने एनआरएनएको ११ औं महाधिवेशनका लागि उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

युरोप क्षेत्र र खासगरी बेल्जियममा एनआरएनएका प्रतिनिधिहरूको सबैभन्दा बढी संख्या रहेको छ । त्यसमा गंगाधर गौतम निकै परिचित नाम हो ।

अहिले गौतम युरोपका विभिन्न देशका एनआरएनए प्रतिनिधिसँग भेटघाट गरेर आफ्नो पक्षमा माहोल सिर्जना गर्न लागेका छन् ।

संसारभरिको एनआरएनएलाई एक ढिक्का बनाएर लैजान आफ्नो चाहना रहेको उनले बताए । ‘हामी गैर आवासीय नेपाली आफ्नो स्वार्थको लागि नभई जन्मभूमीको हितका लागि एकजुट हुनु परेको छ,’ गौतम भन्छन्, ‘एक पटकको नेपाली सधैंको नेपालीको नारालाई स्थापित गर्ने मेरो चाहना, उद्देश्य र संकल्प छ ।’ 

गैर आवासीय नेपाली नागरिकता विधेयकलाई संसदबाट पारित गराउन गौतमले राजनीतिक रूपमा माहोल सिर्जना गर्न निकै ठूलो भूमिका खेलेका थिए । आफ्नो पृष्ठभूमि राजनीतिसँग जोडिएको र नागरिकता पनि राजनीतिक समस्या भएको भन्दै उनले आफ्नो पार्टी नेपाली कांग्रेस सरकारमा भएको बेला पटक–पटक पहलकदमी गरेका थिए ।

पछिल्लो समय एनआरएनएको विधान समितिको सदस्य सचिव भएर काम गरेका गौतम हाल एनआरएनएको केन्द्रीय सचिव छन् । सन् २००६ मा एनआरएनए बेल्जियमको उपाध्यक्ष रहेका गौतम २०१५–१७ कार्यकालको लागि अध्यक्ष निर्वाचित भएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x