०३ साउन २०८३, आइतबार

चाडपर्व लक्षित गरी लुम्बिनी केबलकारको टिकटमा ४० प्रतिशत छुट

असोज २१, २०८०
बुटवल
चाडपर्व लक्षित गरी लुम्बिनी केबलकारको टिकटमा ४० प्रतिशत छुट

बुटवलको लुम्बिनी केबलकार लिमिटेडले नेपालीहरूको प्रमुख चाड दशैँ, तिहार, नेपाल संवत् र छठलाई लक्षित गरी चाडपर्व अफर ल्याएको छ । आइतवार असोज २१ गतेदेखि लागु भएको यो अफरमा साविक टिकट दरमा शनिबार वाहेक अन्य दिनहरुमा ४० प्रतिशत छुट दिइएको छ । 

यो अफर अनुसार अब शनिबार वाहेक अन्य दिनहरूको टिकट दर ४५० रुपैया मात्र कायम भएको छ । नेपालीहरूका महान चाडपर्वका अवसरमा आम सर्वसाधारणलाई सहुलियत दरमा केबलकार चढाउने र कामाख्या देवी तथा सय वर्ष पुरानो दुर्गा भगवतीको दर्शन गराउने उद्देश्यले चाडपर्व अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ संैजूले जानकारी दिए । टिकट दरमा छुटसँगै कम्पनीले केबलकारको टप स्टेसनमा रहेको रेस्टुरेन्टका हरेक परिकारमा १० प्रतिशत छुट पनि दिने अपरेसन म्यानेजर सैंजूले जानकारी दिए ।

चाडपर्वमा आम सर्वसाधारण परिवारसहित केबलकार चढ्न र देवी मन्दिर दर्शन गर्न सहज होस् भनेर ल्याइएको यो अफर यसअघिको मर्निङ अफरजस्तै सफल हुने कम्पनीले विश्वास लिएको छ । आईएमई ग्रुपको मुख्य लगानी रहेको कूल ५ अर्ब लागतको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो । 

बुटवलको बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरमा टप स्टेशन रहेको २.६ किलोमिटर दूरीको केबलकारको टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्ष पुरानो दुर्गा भगवती मन्दिर हिन्दू धर्मावलम्बीहरूका लागि विशिष्ट आकर्षण बनेको छ । टप स्टेसनमा कम्पनीले ४० लाख लागतमा जीपलाइन सञ्चालनमा ल्याइसकेको छ भने छिट्टै डेढ करोड बढी लागतमा स्काई साइक्लिङ, विद्युतीय पिङ र बाल उद्यान बनाउँदै छ ।

कामाख्या मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरु आउने गरेका छन् । केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्कबापत बुटवल उपमहानगरपालिका र तिनाऊ गाउँपालिकालाई दिने गरी सम्झौता भएको छ । 

उक्त रकम दुई पालिकाले ५०–५० प्रतिशतका दरले बाँडफाँड गर्ने गरी सम्झौता भएको छ । टप स्टेसनमा साढे ३ अर्ब लागतमा २ वर्षभित्र १५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनोसहित पाँचतारे होटेल बनाउने तयारी गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्