०२ साउन २०८३, शनिबार

कास्कीका ९१९ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप

असोज २५, २०८०
काठमाडौं
कास्कीका ९१९ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप

पोखरामा नौ सय १९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपीभी’ खोप लगाइएको छ । 

पोखरा महनगरपालिकाभित्र र कास्कीकै माछापुच्छे« गाउँपालिकाका १४ वर्ष उमेर समूहका नौ सय १९ किशोरीलाई उक्त खोप लगाइएको हो । गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदबिन्दु शर्माका अनुसार ‘ह्युमन प्यापिलोमा भाइरस’ ले गर्दा हुन सक्ने महिलाको पाठेघरको मुख–यौनाङ्गको क्यान्सर तथा यौनाङ्गमा आउने मुसा विरुद्ध यो खोप प्रभावकारी हुन्छ । 

गत भदौ २७ गतेदेखि यही असोज ५ गतेसम्म कास्कीका विभिन्न विद्यालयका १४ वर्ष उमेर समूहका किशोरीलाई उक्त खोप लगाइएको हो । नौ वर्षदेखि १४ वर्ष उमेर समूहभित्र नै यो खोप लगाउन सकिए पाठेघरको मुखको क्यान्सर ९८ प्रतिशत महिलामा नहुने दाबी पनि डा शर्माको छ । 

salt training

कमेन्ट गर्नुहोस्