×

NMB BANK
NIC ASIA

शिवपुरी विद्यालय देशकै उत्कृष्ट शैक्षिक संस्था हो : शिक्षामन्त्री राई

काठमाडाैं | असोज २७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ ।

Muktinath Bank

देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ औं वर्षगाँठ) जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशमा राणा शासन कायम रहेकै बखत विसं २००५ सालमा स्थापित यो शैक्षिक संस्था विभिन्न कालखण्डमा नाम परिवर्तन हुँदै अहिले शिवपुरी विद्यालयका रुपमा विकास भएको हो । 


Advertisment
Nabil box
Kumari

काठमाडौं उपत्यकाका पुराना विद्यालयमध्ये काठमाडौं महानगरपालिका–३ मा पर्ने शिवपुरी सुरुमा बाँसबारी आधार पाठशाला, बाँसबारी मिडिल स्कूल, बाँसबारी माध्यमिक विद्यालय हुँदै विसं २०३० को दशकको सुरुवातीदेखि शिवपुरी विद्यालयका रुपमा कायम छ ।

Vianet communication
Laxmi Bank

काठमाडौं महानगरपालिकाले यो विद्यालयलाई आफ्नो प्राविधिक शिक्षालयका रुपमा समेत विकास गरेको छ । ५३ जना शिक्षक र ८ जना कर्मचारी कार्यरत यो विद्यालयमा १ हजार ५ सय ९४ जना विद्यार्थी अध्ययनरत छन् ।

१ देखि १२ कक्षाका अलवा शिवपुरीको संरचनाबाटै स्नातक तहका २ वटा संकाय व्यवस्थापन र मानविकीको पनि अध्ययन गराउँदै आएको छ । 

खासगरी विद्यालयमा अध्ययनरत छात्रछात्राको परिवारको आर्थिक अवस्था सामान्य रहेका देखि पारिवारिक पृष्ठभूमि भएका छात्रछात्राको रोजाइमा रहेको शिवपुरी हरेक वर्ष शैक्षिक शिवपुरी अगाडि रहेका प्रधानाध्यापक प्रकाश सुवेदीले बताए । 

उनले विद्यालय ७५ वर्ष पुग्नु आफैंमा ऐतिहासिक रहेको भन्दै विद्यालयलाई सबैको रोजाइमा राखिराख्न शैक्षिक गुणस्तरलाई अझ बढाउनेदेखि भौतिक संरचना थप व्यवस्थित गर्न आफूहरू लागि पर्ने बताए ।

विद्यालयको हिरक जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई र प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ५ बाट निर्वाचित कांग्रेस सांसद प्रदीप पौडेलले शिवपुरी विद्यालय देशकै उदाहरणीय शैक्षिक संस्था रहेको बताए ।

मन्त्री राईले शिक्षा दान गर्ने विषयमा देशकै उत्कृष्ट विद्यालयका रुपमा शिवपुरी स्थापित भएको बताए । यो सफलता विद्यार्थी, अभिभावक, शिक्षक र दाता, कर्मचारीको योगदानबाट मात्रै सम्भव भएको बताए ।

सार्वजनिक शिक्षामा लगानी अभिवृद्धि गर्न आउने दिनमा सरकारले गम्भीरता पूर्वक आत्मसाथ गरेर काम गरिने बताए । 

सांसद पौडेलले शिवपुरीलाई देशकै नमुना विद्यालयका रुपमा विकास गर्न आफू लागि पर्ने  प्रतिवद्धता जनाए । 

उनले शिवपुरी विद्यालयले आफ्नो भौतिक र जनशक्तिसहितको क्षमता भन्दा बढी विद्यार्थीलाई शिक्षा प्रदान गरेको विषयले पनि यहाँ गुणस्तरीय शिक्षा प्रदान हुन्छ भन्ने स्पष्ट भएको उनले बताए ।

शैक्षिक सुधारका अलवा विद्यार्थी कतै दुर्घटनामा परेर घाइते भएमा उपचार सहज बनाउन विद्यार्थी कल्याण कोष खडा गर्नुपर्ने र यो विषय ऐनमै समाबेस भएर आउनुपर्ने बताए ।

विगत ३ वर्ष यता कक्षा ९ देखि १२ सम्म महानगरले शिवपुरीमै २ वटा कम्प्युटरल्याव र एउटा प्रोजेक्टरसहित कम्प्युटर इन्जिनियरिङको पढाई सञ्चालन गरिरहेको छ । 

महानगरले उत्कृष्ठ सामुदायिक विद्यालयका रुपमा कम्प्युटर अध्ययन गराउन ५० लाख रुपैयाँ अनुदानसहित विद्यालयलाई छनोट गरेको थियो । विद्यालयको शैक्षिक गुणस्तर विकास गर्न र त्यस अनुसार परीक्षामा नतिजा हासिल गर्न प्रत्येक महिना इकाई र त्रैमासिकका ४ वटा परीक्षा सञ्चालन गर्दै आएको र यसबाट विद्यार्थीको मूल्यांकनमा थप सहज बनेको प्रधानाध्यापक सुवेदीले बताए । 

यसबाहेक उच्च शिक्षाका लागि कक्षा १० र १२ को अध्ययन महत्वपूर्ण हुने भएकोले त्यसका लागि नियमितबाहेक अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको उनको भनाई  छ । यो विद्यालयले नेपाली र सामाजिक बाहेकका सबै विषय अंग्रेजी माध्यममा पढाउँदै आएको छ ।

एसईईको नतिजापछि विद्यालयमा ११ र १२ कक्षा अध्ययन गर्न आउनेको चाप हुने गरेको सुवेदीले बताए । विद्यालयको शैक्षिक अवस्था राम्रो रहेकै कारण विद्यार्थीको रोजाइमा पर्ने गरेको उनको भनाइ छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत  नेपाल सरकारबाट २ पटक बजेट पाएको शिवपुरीले त्यसलाई खानेपानी र सूचना प्रविधिका संरचना विकासमा खर्च गरेको थियो ।

महानगरले नै यो विद्यालयलाई २०७३ सालमा शैक्षिक अवस्था र भौतिक संरचना तर्फ उत्कृष्ठ विद्यालयका रुपमा पुरस्कृत गरेको थियो भने महानगरकै एक वडा एक नमुना विद्यालयका रुपमा पनि यही संस्था छनोट भएको थियो । केही वर्ष अघि मात्रै ब्रिटिस काउन्सिलले शिवपुरीलाई उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा अवार्ड प्रदान गरेको थियो ।

यसअघि हिरक जयन्तीका अवसरमा असोज २२ देखि २६ सम्म हाजिरी जवाफ, वक्तृत्वकला, सांगीतिक कार्यक्रमलगायत आयोजना गरिएको विद्यालयले जनाएको हो ।

सोही अवसरमा विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।  हिरक जयन्तीकै अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू सूर्यप्रसाद श्रेष्ठ, नरहरि आचार्य, ध्रुवबहादुर प्रधान, सूर्यकिरण गुरुङ, प्रेमबल्लभ विष्ट र केशवराज शर्मालाई सम्मान गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ११, २०८०

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन गरिएको छ । स्ववियु त्रिवि केन्द्रीयले त्रिभुवन विश्वविद्यालयको समग्र सिस्टममा सुधार र परीक्षा नियन्त्रण कार्यालयको ढिला सुस्ती अन्त्यको माग राख्दै बुधवार...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x