२० असार २०८३, शनिबार

पूर्व मन्त्रीले जिते वडा सदस्य !

कात्तिक २०, २०७४
पूर्व मन्त्रीले जिते वडा सदस्य !
पूर्व मन्त्री राजलाल यादव गाउँपालिकाको वडा सदस्यमा निर्वाचित भएका छन् ।

सिरहाको भगवानपुर गाउपालिकाको वडा सदस्यमा उनी निर्वाचित भएका हुन् । भगवानपुर गाउपालिकाको वडा नम्बर ३ को सदस्यमा उनी निर्वाचत भएका हुन् ।

उनले सदस्य पदमा ८ सय ७८ मत पाएका छन् । उक्त वडामा खसेको २ हजार ७ सय २१ सदर मत मध्ये उनले ८ सय ७८ मत मात्रै पाएका छन् । उनकै पार्टीबाट सदस्यमै उम्मेदवारी दिएका अरुण कुमार यादवले ९ सय ८ मत पाएका छन् ।

राजलाल यादव पूर्व विना विभागिय मन्त्री भएपनि उनको आफ्नै वडामा समेत अत्यधिक मत पाउन सकेनन् । संघीय समाजवादी फोरम नेपालबाटै उक्त वडाका लागि सदस्य पदमै उम्मेदवारी दिएका अरुण कुमार यादवले पूर्व विना विभागिय मन्त्री यादव भन्दा बढी मत ल्याएका छन् ।



उनी डा.बाबुराम भट्टराई नेतृत्वको मन्त्रीमण्डलमा विना विभागिय मन्त्रीसमेत बनेका थिए । यादव अहिले संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य हुन् ।

salt training

कमेन्ट गर्नुहोस्