मंसिर १६, २०८०
नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङमा सञ्चालन भएको पाँचौँ मिछुर्लुङ दसैँ मेला सकिएको छ । यही कात्तिक ८ गतेदेखि सुरु भएको उक्त मेला कोजाग्रत पूर्णिमाको दिन समापन भएको हो ।
तेस्रो नेत्र युवा संस्थाले दसैँको अवसर पारी मेलाको आयोजना गरेको थियो । मेलाको अवसरमा आयोजित जुनियर पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी मेटल समूह भिमादले जितेको छ । शनिबार सम्पन्न फाइनलमा किहुँस्थित हुक्का समूहलाई पराजित गर्दै गण्डकी मेटल समूहले उपाधि जितेको हो । प्रतियोगितामा माझकोट समूह तृतीय भएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः रु ३० हजार, २० हजार र दश हजार नगदसहित ट्रफी प्रदान गरिएको आयोजक संस्थाका सचिव अमृत थापाले जानकारी दिए । महोत्सव समापनका अवसरमा मौलिक कौरा र लोपोन्मुख झाम्रे नृत्य प्रस्तुत गरिएको थियो ।
मगर जातिको बाहुल्य रहेको मिछुर्लुङको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित विगत पाँच वर्षदेखि प्रत्येक दसैैँमा मेला आयोजना हुँदै आएको छ । महोत्सवको समापन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जितप्रकाश आलेले ग्रामीण पर्यटन प्रवर्द्धनमा सरकारको सहयोग रहने बताए । मन्त्री आलेले ग्रामीण पर्यटन समृद्धिको आधार भएकाले यसमा सरकारको साथ रहने बताए ।
उनले भने, “पर्यटनबाट समृद्धि सम्भव छ, त्यसमाथि ग्रामीण पर्यटन समृद्धिको आधार हो । सरकार पर्यटन प्रवर्द्धनका लागि सबै हिसाबले सहयोग गर्न सकारात्मक छ ।” भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले नगरपालिकाले पर्यटनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाएको बताए ।
नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।
काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...
नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ । ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...
नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...
सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...
स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...