०५ साउन २०८३, मंगलबार
टी–२० विश्वकप छनोट

मलेसियाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

कात्तिक १४, २०८०
काठमाडौं
मलेसियाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा घरेलु टोली नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । मंगलबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेर नेपाललाई बलिङको निम्तो दिएको हो । 

घरेलु टोली लगातार दोस्रो जितको खोजीमा मैदान उत्रँदैछ । नेपालले समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । 

नेपाल दोस्रो जितको खोजीमा हुँदा मलेसिया भने पहिलो जीत निकाल्ने योजनामा हुनेछ। मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो।

salt training

कमेन्ट गर्नुहोस्