२५ जेठ २०८३, सोमबार
फेरि अर्को भूकम्प

सोमवारको भूकम्पले जाजरकोटमा थप आधा दर्जन घर भत्किए

कात्तिक २०, २०८०
जाजरकोट
सोमवारको भूकम्पले जाजरकोटमा थप आधा दर्जन घर भत्किए
सोमवारको भूकम्पले भत्किएको जाजरकोटको भेरी नगरपालिका १ राउतगाउँको घर । यो घर शुक्रवार रातिको भूकम्पले चर्किएको थियो ।

शुक्रवारको भूकम्पले चर्काएका करिब आधा दर्जन घर सोमवारको अर्को भूकम्पले भत्काएको छ ।

null

जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ राउतगाउँ र वडा नम्बर ५ कालेगाउँमा रहेका उक्त घरहरू शुक्रवार रातिको भूकम्पले चर्काएको थियो । सोमवार दिउँसो साढे ४ बजेपछि आएको भूकम्पले ती घर भत्काएको छ ।

सोमवार काठमाडौं उपत्यकामा पनि भूकम्पको झड्का महसुस गरिएको थियो । सोमवार अपरान्ह साढे ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो ।

भारतको राजधानी नयाँ दिल्लीमा पनि भूकम्पको धक्का महसुस गरिएको समाचार संस्था एएनआईले जनाएको छ ।

यसअघि शुक्रवार राति ११ बजेर ४७ मिनेटको समयमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । 

पश्चिम नेपालका बुटवल, सुर्खेत र दाङ लगायतका स्थानमा पनि धक्का महसुस गरिएको छ ।
गत शुक्रवार राति गएको भूकम्पमा परेर १५३ जनाको मृत्यु भएको छ भने ३३८ जना घाइते भएका छन् । भौतिक सम्पत्तिको पनि ठूलो क्षति भएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्