०५ साउन २०८३, मंगलबार
राहतमा राजनीति

ग्राउण्ड जिरो: राहत वितरणमा राजनीति- आफ्नालाई नेताले रातिराति बाँड्छन्, भोकभोकै सुत्छन् सुत्केरी

कात्तिक २१, २०८०
जाजरकोट
ग्राउण्ड जिरो: राहत वितरणमा राजनीति- आफ्नालाई नेताले रातिराति बाँड्छन्, भोकभोकै सुत्छन् सुत्केरी

जाजरकोटको भेरी नगरपालिका-४ कि गौरी बिकको घर भूकम्पले भत्कायो । भएका केही आफन्त गुमे । चार दिनकी सुत्करी उनी अहिले त्रिपालमा बसेकी छिन् । स्याहारसुसार गर्ने कोही छैन । 

गएराति उनी भोकै सुतिन् । 'खाना पकाउने कोही भएन । किन्नलाई होटेलमा पनि पाइएन,' लोकान्तरसँग उनले भनिन्, 'केही नपाएपछि भोको बस्नुको विकल्प रहेन । एक रात भोकै काटियो । 

null

उसो त उनी भोको बसेको यो पहिलो रात होइन । भूकम्पपछि उनले राम्ररी खान पाएकी छैनन् । चाउचाउ र चिउराकै भरमा पनि उनले रात गुजारेकी छन् । भूकम्प गएको रात उनले खुला आकासमै बिताएकी थिइन् । 

सुत्केरी अवस्थामा आमाको लागि विशेष स्यहारसुसार जरुरी हुन्छ । सुत्केरी महिलाको लागि पर्याप्त आरम एवं पोषिलो खानपान जरुरी हुन्छ । तर, भूकम्पले घरजान गुमाएकी गौरीलाई ज्यान बचाउनै मुस्किल छ । 

मंगलबार बिहानै उनी समोसा खाँदै गरेकी भेटिइन् । 'हिजोदेखि केही खाएकी थिइनँ,' उनले भनिन्, 'अहिले समोसा पाएँ । यही खाँदैछु ।'

null

सुत्केरी अवस्थामा भोकै बस्नुपर्ने अवस्था गौरी एक्लैको भने होइन । सोही ठाउँकी विमला तिरुवाको अवस्था पनि उस्तै छ । ८ दिनकी सुत्केरी उनले पनि हिजो राति केही खान पाइनन् । त्रिपालमुनि बसेकी उनी मंगलबार बिहान खानाको खोजीमा थिइन् । 'हिजो केही खान पाइएन,' मंगलबार खाना खोज्दै हिँडेकी उनले सुनाइन्, 'अब अहिले त केही पाइन्छ कि खोज्दैछु ।'

null

भूकम्प गएको चौथो दिनसम्म पनि सबै पीडितले राहत पाएका छैनन् । राहत वितरणमा राजनीति हुँदा सबैले  पाउन नसकेको पीडितको आरोप छ । राजनीतिक दलका नेताहरूले रातिराति आफ्ना आफन्त र कार्यकर्तालाई राहत बाँड्ने गरेको उनीहरूको गुनासो छ ।

सबै पीडितले राहत नपाउँदा सुत्केरीलगायत वृद्धवृद्धाको बिचल्ली भएको स्थानीय प्रकाशचन्द्र गौतमले बताए । 'राहत वितरणमा राजनीति भयो । दलका नेताहरूले राति आफ्नालाई राहत बाँड्छन् । अरुलाई दिँदैनन्,' लोकान्तरसँग उनले भने, 'हिजो राति १२ पनि केही नेताहरूले राहत बाँडेको सुनेका छौं । पीडितले पाएका छैनन् ।  सुत्केरीलगायतलाई समस्या भएको छ ।'

null

यस्तै जिल्ला बाहिर घर भएका पीडितलाई पनि राहत पाउन समस्या भएको छ । सम्बन्धित वडाले स्थानीयलाई मात्रै प्राथमिकता दिँदा उनीहरूले राहत नपाएको गुनासो गरेका हुन् ।

शक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी दुई जिल्लाका १५३ जनाको ज्यान गएको छ भने दुई सय बढी घाइते भएका छन् । 

null

salt training

कमेन्ट गर्नुहोस्