
महिना दिनमै दुईवटा चलचित्रबाट सफलताको स्वाद पाउने सौभाग्य बिरलै कलाकारले पाउँछन् । अभिनेत्री स्वस्तिमा खड्कालाई भने अहिले त्यस्तै सौभाग्य मिलेको छ ।
तीन साताको अन्तरमा प्रदर्शनमा आएका उनका दुई वटै चलचित्रले बक्स अफिसमा सुखद् कमाइ गरेका छन् ।
दशैँको अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आएको ‘पशुपति प्रसाद २ः भस्मे डन’ले घरेलु बक्स अफिसमा ८ करोड हाराहारी कलेक्सन गरेको छ ।
त्यस्तै, तिहारको अवसर पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘दिमाग खराब’ले यतिबेला हलमा आक्रामक व्यापार गरिरहेको छ ।
दर्शकहरूले पनि यो चलचित्रलाई राम्रो प्रतिक्रिया दिइरहेका छन् । त्यसमाथि स्वस्तिमाको अभिनयको पनि प्रशंसा भइरहेको छ ।