२६ जेठ २०८३, मंगलबार

बूढानिलकण्ठमा सप्ताह ज्ञान महायज्ञः उठेको रकम १०८ विद्यार्थीको पढाइमा खर्च [भिडियोसहित]

मंसिर ८, २०८०
काठमाडौं
बूढानिलकण्ठमा सप्ताह ज्ञान महायज्ञः उठेको रकम १०८ विद्यार्थीको पढाइमा खर्च [भिडियोसहित]

हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ ।

null

बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो ।

null 

शिवपुरी र खप्तड बाबाले तप गरेको शिवपुरी पर्वत शृंखलाको काखमा रहेको ‘पवित्र’ मानिने बूढानिलकण्ठ मन्दिरमा हरेक वर्ष मेला लाग्ने र सप्ताह ज्ञान महायज्ञको समेत आयोजना हुँदै आएको छ ।

null

१३ वर्षदेखि निरन्तर चल्दै आएको यस सप्ताह एकादशीदेखि पूर्णिमासम्म लाग्ने गरेको छ। 

null

उक्त सप्ताहबाट उठेर बचेको रकम बूढानिलकण्ठ क्षेत्रका १०८ विद्यार्थीका लागि गुरुकुल शिक्षामा खर्च गरिने मन्दिरका संरक्षक श्री १००८ स्वामी निगमानन्द महाराजले लोकान्तरलाई जानकारी दिए ।

nullnull

हेरौं भिडियोः 

salt training

कमेन्ट गर्नुहोस्