०५ साउन २०८३, मंगलबार

नेपाली हलमा लागे ‘एनिमल’ र ‘सामबहादुर’

मंसिर १५, २०८०
काठमाडौं
नेपाली हलमा लागे ‘एनिमल’ र ‘सामबहादुर’

शुक्रबारबाट नेपालमा दुई भारतीय चलचित्र प्रदर्शनमा आएका छन् । 

रणवीर कपूर स्टारर ‘एनिमल’ र विक्की कौशल स्टारर ‘सामबहादुर’ आजबाट नेपाली हलमा रिजिज भएका हुन् ।

यीमध्ये सन्दीप रेड्डी वांगाको निर्देशन रहेको ‘एनिमल’ले नेपाली मल्टिप्लेक्सहरूमा उत्साहजनक शो पाएको छ । चलचित्रको धेरै शो शुक्रवार हाउसफुल छन् । 

रश्मिका मन्दाना, अनिल कपूर, बबी देओललगायतको पनि अभिनय रहेको यो चलचित्रलाई एक्सन, क्राइम र ड्रामा जनरामा राखिएको छ । 

यस्तै, अर्को चलचित्र ‘सामबहादुर’ बायोपिक ड्रामा हो । बिक्कीका साथमा सान्या मल्होत्रा, फातिमा सना शेखलगायतको पनि अभिनय रहेको चलचित्र मेघना गुलजारको निर्देशनमा तयार भएको हो । 

यो चलचित्रले भने नेपाली हलहरुमा औसत शो पाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्