×

NMB BANK
NIC ASIA

५० किलो चामलका लागि नागरिकता बन्धकी, ६ वर्षसम्म काम गर्दा पनि अझै भएन चुक्ता

सप्तरी | मंसिर २२, २०८०

NTC
फाइल फोटो
Premier Steels

साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ ? यसको जवाफ हुन्छ, गरहना, जेबर, जग्गा जमिन वा अन्य चल/अचल सम्पत्ति । तर सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटैलका विपन्न हरवाचरवा दलित परिवारलाई साहु कहाँ बन्धकीमा आफ्नो नागरिकता राख्नुपरेको छ ।

Muktinath Bank

डाक्नेश्वरी–३ हटैल निवासी सुकराती, अच्छेलाल, सनोज, कृष्णा, रामसुन्दर, सोनाई, शिवचन्द्र, भिखन र दशन सदाको नागरिकता भारतीय साहुले करिब एक दशकदेखि बन्धकी राखेपछि उनीहरूको परिवार ठूलो समस्यामा परेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँ नजिकै सञ्चालनमा रहेको इँटा उद्योगमा काम गर्दै आएका उनीहरूको नागरिकता सोही इँटा उद्योगका मालिक भारतको मधुवनी जिल्ला तुलसीयाही ग्राम लौकही थाना निवासी जगदीश साहले बन्धकीमा राखेका छन् । 


Advertisment
Nabil box
Kumari

‘इँटा उद्योगमा काम गरिरहेका बेला विसं २०७१ म ५० किलो चामल मालिक साहसँग मागेँ । उहाँले चामल दिएबापत नागरिकता बन्धकीमा राख्नुभयो’, ६० वर्षीया सुकराती सदाले भनिन्, ‘चामलाबापत भट्टामा छ वर्ष काम गरे पनि अझै ऋण चुक्ता नभएको भन्दै साहुले नागरिकता फिर्ता दिन मानिरहेका छैनन् ।’ नागरिकता फिर्ता दिन पटकपटक साहुलाई भने पनि अझै भट्टामा काम गर्नुपर्ने अनि मात्रै नागरिकता फिर्ता दिने जवाफ आउने गरेको उनले गुनासो गरिन् ।

Vianet communication

‘विसं २०७६ चैतमा कोरोना महामारी फैलिन नदिन सरकारले लकडाउन गरेको बेला सबै काम बन्द भएर दैनिकी चलाउन मुस्किल भएको थियो । त्यही समयमा मालिकसँग ऋणबापत ५० किलो चामल लिएको थिएँ’, ४५ वर्षीय भिखन सदाले भने, ‘साहुले चामल लिन कुनै सामान बन्धकी राख्नुपर्छ वा भट्टामा थप समय मजदुरी गर्नुपर्छ नत्र ऋण पाइन्न भनेर पर्काइदिए ।’ आफूसँग बन्धकीमा राख्ने केही नभएकाले नागरिकता नै राख्नुपरेको उनको दुखेसो थियो ।

‘मसँग बन्धकीमा राख्न जग्गा, गरगहना वा कुनै चलअचल सम्पत्ति नभएकाले काम गरेर ऋण तिर्छु चामल दिनुस् भन्दा नमानेर बन्धकीमा नागरिकता नै राख्नुपर्छ भन्दै नागरिकता लिनुभयो’, भिखनले भने । नागरिकता बन्धकीमा राखेपछि ठूलो समस्यामा परेको उनले बताए ।

आर्थिक अवस्था कमजोर भएको, विपन्नताका कारण साहुसँग ऋण लिएको ५०/५० किलो चामलबापत लामो समयसम्म इँटाभट्टामा काम गरे पनि अझै ऋण चुक्ता नभएको भन्दै थप काम गर्न साहुले दबाब दिँदै आएको उनीहरूको भनाइ थियो ।

ऋण चुक्ता नभएसम्म बन्धकीमा राखिएको नागरिकता फिर्ता नगर्ने भन्दै साहुले सबैलाई फर्काउने गरेको अर्का स्थानीय ५० वर्षीय अच्छेलाल सदाले जानकारी दिए ।

साहु कहाँ नागरिकता बन्धकीमा राखेपछि अहिले उनीहरूको परिवारमा नागरिकता आवश्यक पर्ने अन्य काम पनि रोकिएका छन् ।

‘पत्नीको नागरिकता बनाउन पतिको नागरिकता आवश्यक गरिएको छ’, दशन सदाकी श्रीमती फुलो सदाले भनिन्, ‘वडाध्यक्षबाट नागरिकताको सिफारिस गराएर सबै कागजात लिई पटक–पटक इलाका प्रशासन कार्यालय बोदे बर्साइन पुगेँ । पतिको नागरिकता नल्याएसम्म हुँदैन् भनेर फर्काइदिएका छन् ।’ एकातिर पतिको नागरिकता बन्धकीमा रहेको भन्दै आफ्नो नागरिकता पनि बनाउन समस्या भइरहेको उनले दुखेसो पोखिन् ।

ऋण लिएबापत पतिले बन्धकीमा राखेको नागरिकता माग्न पटक–पटक साहु कहाँ धाउँदै आए पनि ऋण चुक्ता नगरेसम्म नागरिकता फिर्ता गर्न नमानेकाले अप्ठ्यारोमा परेको फुलोले  बताइन् । ‘नागरिकता फिर्ताको लागि कि पूरै ऋण चुक्ता गर कि त मेरो इँटाभट्टामा मजदुरी गरी ऋण चुक्ता गर भन्दै आएको छ’, उनले भनिन्, ‘तत्काल ऋण चुक्ता गर्ने पैसा छैन् । म बिरामी रहेकाले काम गर्न सक्ने अवस्था छैन् । निकै अप्ठ्यारोमा परेका छौँ ।’

बन्धकीमा रहेको नागरिकता फिर्ता नपाएपछि नागरिकताको प्रतिलिपि बनाउन खोजे पनि आवश्यक प्रमाणको अभाव भएकाले सम्भव नभएको अच्छेलाला सदाले बताए ।

‘नागरिकताको प्रतिलिपि बनाउन पहिलाको नागरिकता नम्बर, जारी मिति चाहिन्छ’, उनले भने, ‘वडाध्यक्षले प्रतिलिपि सिफारिस गर्न पहिलाको नागरिकताको फोटोकपी वा नागरिकता नम्बर र जारी मिति भएको कुनै प्रमाण ल्याउन भन्नुहुन्छ । मसँग नागरिकताको फोटोकपी पनि छैन । नम्बर र जारी मिति पनि याद छैन ।’ प्रमाण जुटाउन नसक्दा प्रतिलिपि समेत बन्न नसकेको उनको दुखेसो थियो ।  

नागरिकता भएर पनि पहिचानविहीनको अवस्थामा पुगेको भन्दै राज्यका हरेक सेवा सुविधाबाट समेत वञ्चित हुनुपरेको उनीहरूको गुनासो थियो । आर्थिक अवस्था कमजोर भएका यहाँका हरवाचरवा सदा परिवारले पहिचानविहीनताको अवस्थाबाट न्याय दिलाइदिन सबैसँग आग्रह गरेका छन् । 

सदा समुदायका व्यक्तिको नागरिकता बन्धकी राखिएपछि उत्पन्न समस्यालाई गम्भीररुपमा लिएको भन्दै नागरिकता फिर्ताका लागि आफूहरूले पहल गरिरहेको श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीका सहजकर्ता नरेशकुमार सादले बताए । 

‘द फ्रिडक फण्ड’को सहयोगमा केन्द्रले डाक्नेश्वरी नगरपालिका क्षेत्रका दलित हरवाचरवा परिवारका लागि नागरिकता, जन्मदर्तालगायत काममा अभियान सञ्चालन गर्दै आएको छ ।

दलित बस्तीका परिवारलाई लक्षित गरी व्यक्तिगत घटना दर्तासँगै सशक्तीकरण कार्यक्रम सञ्चालन गरिरहेको केन्द्रका कार्यक्रम संयोजक लालुप्रसाद रामले जानकारी दिए । यहीँ कार्यक्रमअन्तर्गत सदा परिवारको नागरिकतासम्बन्धी समस्या समाधानको पहल भइरहेको उनको भनाइ थियो । 

डाक्नेश्वरी–३ का वडाध्यक्ष भागेश्वर यादवले ऋणबापत नागरिकता बन्धकीमा राखेको विषयमा आफूलाई पनि जानकारी रहेको बताए । मुसहर समुदायका व्यक्तिले बन्धकीमा राखेको नागरिकता फिर्ता गराउनका लागि आफू पहल गर्न तयार रहेको उनको भनाइ थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x