
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वलक्षित गरी सञ्चालन गरेको सहुलियत मूल्य पसलबाट आठ करोड रुपियाँभन्दा बढीको कारोबार गरेको छ ।
असोज २१ देखि मङ्सिर १९ सम्म खाद्य कम्पनीले उपत्यकासहित देशका ४९ स्थानमा सञ्चालित सहुलियत मूल्य पसलबाट आठ करोड ३० लाख पाँच हजार ८५९ रुपियाँ बराबरको कारोबार गरेको हो । खाद्य कम्पनी बागमती प्रदेशका बिव्रmी प्रबन्धक प्रमुुख ज्ञानु थापाका अनुसार वस्तुु र सेवाका हिसाबले सबैभन्दा धेरै चामल, तेल, आँटा र चिउरा बिव्रmी गरे पनि रकममा सबभन्दा बढी कारोबार च्याङ्ग्रा र खसीबोकाको भएको छ । गोरखापत्रमा खबर छ ।