२३ असार २०८३, मंगलबार

फोनपेको सञ्चालक समिति अध्यक्षमा जोशी नियुक्त

मंसिर २८, २०८०
काठमाडौं
फोनपेको सञ्चालक समिति अध्यक्षमा जोशी नियुक्त

फोनपेले आफ्नो सञ्चालक समितिको अध्यक्षमा सशीन जोशीलाई नियुक्त गरेको छ । उनले एक कार्यक्रमबीच बुधवार नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रबाट शपथ लिएर सोहीदिन पदाभारसमेत ग्रहण गरे ।

यसअघि जोशी फोनपेको स्वतन्त्र सञ्चालकको रुपमा आबद्ध थिए ।

उनी जोखिम व्यवस्थापन, रणनैतिक योजना र अन्तर्राष्ट्रिय व्यापारमा दखल राख्ने बैंकरको रुपमा परिचित छन् । करिब दुई दशकभन्दा बढी समय उनी नेपालका प्रमुख बैंकिङ संस्थाहरूमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । 

null

पदभार ग्रहणपछि नवनियुक्त अध्यक्ष जोशीले आफूले फोनपे संस्थालाई अझ बढी सबल, सक्षम र नेपालको डिजिटल भुक्तानी प्रणालीको एउटा जिम्मेवार संस्थाको रुपमा विकास गर्ने बताए ।

‘फोनपेजस्तो संस्थाको अध्यक्षको रुपमा काम गर्न पाउँदा मलाई निकै खुसी लागेको छ । यो मेरा लागि नयाँ अनुभवसमेत हो,’ उनले भने, ‘अध्यक्षका रुपमा म फोनपे संस्थालाई अझ बढी सबल, सक्षम र नेपालको डिजिटल भुक्तानी प्रणालीको एउटा जिम्मेवार संस्थाको रुपमा विकास गन व्यवस्थापनलाई मार्ग निर्देशन र सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।’ 

फोनपे राष्ट्रबैंकद्वारा भुक्तानी प्रणाली सञ्चालक (पेमेन्ट सर्भिस अपरेटर (पीएसओ)का रुपमा इजाजतपत्र प्राप्त गर्ने पहिलो मोबाइल भुक्तानी नेटवर्क हो ।
 

salt training

कमेन्ट गर्नुहोस्