०४ साउन २०८३, सोमबार

अमेरिकाको लास भेगासमा गोलीबारी, दुईको मृत्यु, २४ घाइते

कात्तिक २०, २०७४
अमेरिकाको लास भेगासमा गोलीबारी, दुईको मृत्यु, २४ घाइते

काठमाडौं, १६ असोज — अमेरिकाको लास भेगासमा आइतवार राति भएको संगीत फेस्टिभलमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएपछि दुईको मृत्यु र २४ घाइते भएको खबर आएको छ ।


उक्त व्यक्तिले उच्च क्षमताको राइफलले धेरै मानिसमाथि गोली चलाएर घटनास्थलबाट भागेको थियो ।

मन्डले बे क्यासिनोमा स्थानीय समयअनुसार, बेलुका १० बजे एकजना बन्दुकधारीले संगीत समारोहमा गोली चलाएको खबर प्रहरीले प्राप्त गरेको थियो ।

प्रहरीले सर्वसाधारणलाई उक्त क्षेत्रमा नजान आग्रह गरेका छन् र स्वाट टोलीहरू बन्दुकधारीको खोजी गरिरहेका छन् ।
धेरैजना मानिसलाई गोली लागेको सञ्चारमाध्यमले बताएका छन् ।

प्रत्यक्षदर्शीहरूले एकजना प्रहरी समेत घाइते भएको बताएपनि अधिकारीहरूले यसको पुष्टि गरेका छैनन् ।

लास भेगासको एक अस्पतालले कम्तीमा २० जना मानिस गोलीको चोट लिएर आएको बताइएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्