×

NMB BANK
NIC ASIA

सम्बन्ध सुधारमा एमाले-माओवादी

सरकारको नेतृत्वप्रति एमालेको अर्थपूर्ण मौनता : फेरि नजिकिन लागेका हुन् ओली-प्रचण्ड ?

काठमाडाैं | पुस १८, २०८०

NTC
Premier Steels

संसदीय व्यवस्थामा सत्ताको सबैभन्दा खरो आलोचक प्रमुख प्रतिपक्षी हुनुपर्ने हो । तर, सत्ताको नेतृत्वका गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का विषयमा पछिल्लो समय प्रमुख प्रतिपक्षी एमालेले अस्वाभाविक मौनता साँधेको देखिएको छ । 

Muktinath Bank

सैद्धान्तिक र अभ्यासको हिसाबले पनि प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी एकै लयमा देखिने पद होइनन् । तर, सत्ता नेतृत्वकर्ताको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीले एक अर्काप्रति आक्रामकता कम, नरमपना बढी देखाएका छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्ड र ओलीका बाक्ला भेटघाट, एक अर्काप्रति नरम व्यवहार, संकल्प यात्रामा सरकारप्रति एमालेको नरम नीति र यात्रालाई सफल बनाइदिन सरकारले गरेको सुरक्षासहितको सहयोगले उनीहरू निकट हुँदै गएको देखाएको नेताहरू बताउँछन् । 


Advertisment
Nabil box
Kumari

अघिल्लो वर्षको पुस १० गते ३२ सीट जितेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ओलीले नै प्रधानमन्त्री बनाएका थिए । तर, कांग्रेस सत्तामा भित्रिने भएपछि आफैंले जुटाएको समीकरणबाट एमाले बाहिरिन बाध्य भयो ।

Vianet communication

त्यसपछि माओवादीप्रति सार्वजनिक रूपमा एमालेले कडा टिप्पणी नगरेको होइन, तर प्रचण्डले एक वर्ष गुजार्दा एमाले सत्ताबाहिर रहेर पनि सहयोगीजस्तो देखिन थालेको छ । एमालेको पछिल्लो व्यवहार र शीर्ष नेताको अभिव्यक्तिले एमाले–माओवादी फेरि नजिकिन थालेको संकेत गर्छ ।

कोरियन भाषा परीक्षाको विषयलाई लिएर भइरहेको आन्दोलनका क्रममा ललितपुरको बालकुमारीमा २ युवाको मृत्यु भएपछि आएको एमाले प्रतिक्रिया झन् अर्थपूर्ण छ । प्रहरीले अनावश्यक बल प्रयोग गर्दा दुई युवाको मृत्यु भएको विषयमा एमाले प्रधानमन्त्री र गृहमन्त्रीप्रति आक्रामक हुनुपर्ने हो, तर एमाले यो विषयमा मौन छ । बरु ओलीले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका कारण बालकुमारी घटना भएको टिप्पणी गरेका छन् ।

मंसिर १४ गतेदेखि एमालेले गरेको संकल्प यात्रामा पश्चिम क्षेत्रमा अध्यक्ष ओली सरकारविरुद्ध आक्रामक देखिएका थिए, तर कोशी प्रदेश पुग्दासम्ममा एमाले सरकारप्रति नरम बनेको नेताहरू बताउँछन् ।

कोशीमा पहिचानवादीहरूले एमालेको संकल्प यात्रालाई बिथोल्ने तयारी गरेका थिए ।

पछिल्लो समयमा पूर्वी भेगका पहाडी जिल्लामा सार्वजनिक कार्यक्रम गर्न समेत एमालेलाई अप्ठ्यारो परिरहेको थियो । तर एमालेको अभियान कोशीमा प्रवेश गर्दा सरकारले सुरक्षामा कुनै कसर छाडेन । प्रतिपक्षीको अभियान सफल बनाउन सरकारको सहयोगी भूमिका देखियो ।

मंसिर १४ गतेदेखि एमालेले गरेको संकल्प यात्रामा पश्चिम क्षेत्रमा अध्यक्ष ओली सरकारविरुद्ध आक्रामक देखिएका थिए, तर कोशी प्रदेश पुग्दासम्ममा एमाले सरकारप्रति नरम बनेको नेताहरू बताउँछन् ।

‘पछिल्लो केही समययता पहिचानवादीको निशानामा एमाले थियो । गृह प्रशासनले सुरक्षा दिन्छौं, कोशी प्रदेशमा कार्यक्रम राखिदिनुस् भनेर आग्रह गर्दा पनि एमालेले कार्यक्रम राख्न मानेको थिएन,’ एक नेता भन्छन्, ‘तर, संकल्प अभियानमा प्रधानमन्त्री र गृहमन्त्रीले ढुक्क भएर कार्यक्रम गर्नुस्, हामी सुरक्षा दिन्छौं भनेपछि पूर्वी पहाडमा एमालेलाई खासै अवरोधको सामना गर्नुपरेन ।’

यही कुराले पनि माओवादी र एमालेबीच सम्बन्ध सुधारमा भूमिका खेलेको नेताहरू बताउँछन् ।

तर, एमाले उपमहासचिव प्रदीप ज्ञवाली भने प्रधानमन्त्री आफैंले चुनौती महसुस गरेको हुनसक्ने बताउँछन् ।

‘कांग्रेससँग के कुरा मिल्दैन अनि वाम एकता, राष्ट्रिय सहमति भन्ने कार्ड फाल्नुहुन्छ । तत्काल गठबन्धन केही हुनेजस्तो देखिँदैन,’ ज्ञवाली भन्छन्, ‘तर सत्ता गठबन्धनमा तनाव भने छ । कांग्रेसको एउटा पक्ष प्रधानमन्त्रीलाई बिदा गर्न चाहन्छ । यसले प्रधानमन्त्रीलाई चुनौती होला । अर्कातिर सरकारले नतिजा दिन नसक्दाको छटपटी पनि प्रधानमन्त्रीलाई छ ।’

माओवादी नेता लीलामणि पोखरेल पछिल्लो समय दलहरूले आत्मसात गर्नुपर्ने चुनौती साझा भएकाले एकअर्काप्रति आक्रामकता देखाउनुभन्दा आपसी विश्वास र समन्वय गरेर जानुपर्ने बताउँछन् ।

‘हामीमाथि आर्थिक क्राइसिस, लोकतन्त्रमाथि खतरा, नागरिकमा निराशा र वितृष्णा साझा समस्याका रूपमा छन् । यस्तो बेला सामूहिक हिसाबले यी चुनौतीलाई फेस गरौं भन्नु र व्यवहार गर्नुलाई अनावश्यक रूपमा लिनु जरुरी छैन,’ पोखरलले लोकान्तरसँग भने, ‘राजनीति गर्ने दल र खारिएका नेताहरूको विचारमा दृढता र व्यवहारमा लचकता देखिनुपर्छ । एमाले र माओवादीबीच त्यस्तै लचकता र हार्दिकता देखिन्छ भने त्यो नराम्रो होइन ।’ 

सत्तामा नहुनुको छटपटी, नयाँ दल र समूहको चुनौती 

आफैंले दुःखले बनाएको गठबन्धनमा कांग्रेसले छिन्नभिन्न पारिदिएपछि एमाले यतिखेर केन्द्रदेखि प्रदेशसम्म सत्ताबाट विमुख छ । आफ्नो विरुद्धमा बनेको सत्ता गठबन्धनमा विश्वास बढिरहँदासम्म एमालेको कित्ता प्रमुख प्रतिपक्षी नै हो । यसैले तिक्तता पोखेरलभन्दा विश्वासमा लिएर गठबन्धनमा खेल्ने गरी एमाले अघि बढेको पनि नेताहरू बताउँछन् । 

मेलमिलाप दिवसको अवसरमा कांग्रेसले सोमबार गरेको कार्यक्रममा ओलीले प्रचण्ड सरकारलाई गाली नगरी सत्तामा सन्तुष्ट रहेको कांग्रेसको तलाउमा ढुंगा नहान्ने अर्थपूर्ण टिप्पणी गरेका थिए । 

‘अहिलेको राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको नेपाली कांग्रेसको तलाउमा एउटा ढुंगा फुत्त फालिदिएर कुनै तरंग ल्याउने मेरो इच्छा छैन,’ ओलीले भने, ‘सत्ताको अमनचयनमा खलल पुर्‍याउन चाहँदिनँ, त्यसकारण म त्यतापट्टि बिल्कुलै जान चाहन्नँ ।’ 

ओलीको अभिव्यक्ति विगतका आक्रामक अभिव्यक्तिभन्दा अलग छन् । सत्तामा कांग्रेस र माओवादीबीच विश्वास कायम भइरहँदा गाली गर्नुभन्दा नरम बनेर खेल्न सकिने कार्ड ओलीले फ्याँकेको नेताहरू बताउँछन् । 

null

‘अहिलेको गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीच कुनै तनाव वा बेमेल देखिएको छैन । बरु आफूले सत्ता पाउने लोभमा हाम्रो सभापतिले सरकारका कमजोरीमा पनि आँखा चिम्लनुभएको छ । विपक्षीले सोचेकोभन्दा सहजै एक वर्षसम्म गठबन्धन सरकार चल्यो,’ कांग्रेसका एक नेता भन्छन्, ‘ओलीजीले गाली गरेर थकाउन सकिन्छ कि भनेर गठबन्धनमा तनाव ल्याउन नखोज्नुभएको होइन, तर गठबन्धन केही नहुने देखिएपछि अब गाली गरेर हुँदैन भन्नेमा पुगेको जस्तो देखिन्छ ।’

सोही कार्यक्रममा कांग्रेसलाई साक्षी राखेर प्रचण्डले लेखा समितिसहित तीनवटा समितिको नेतृत्व प्रमुख प्रतिपक्षीलाई दिएर आफूहरू उदार बनेको बताएका थिए । 

‘प्रतिपक्षीलाई लेखा समितिबाहेक अरू दिने चलन थिएन तर तीनवटा समितिको नेतृत्व प्रमुख प्रतिपक्षीलाई दिन हामी तयार भएका छौं,’ प्रचण्डले भनेका छन्, ‘शान्ति प्रक्रिया टुंग्याउने विषयमा पनि हाम्रो एक खालको सहमति छ । हामी तीन दल नै संविधान, गणतन्त्र र लोकतन्त्रका लागि एक ठाउँमा उभिन तयार छौं भन्ने प्रतिपक्षी नेताको भनाइमा सहमत छौं ।’

कांग्रेसद्वारा आयोजित मेलमिलाप दिवसको कार्यक्रमकै दिन सोमबार प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग पनि भेट गरेका थिए । राष्ट्रिय सभा निर्वाचन अगाडिको यो भेटलाई अर्थपूर्ण मानिएको छ । 

‘उहाँरूले भेट गर्नुभएको हो । तर, यो राष्ट्रिय सभामा केही गर्न लागि होइन । हामी आफ्नै ढंगले राष्ट्रिय सभामा अगाडि बढ्छौं,’ ज्ञवालीले सोमबार भएको भेटबारे भने, ‘प्रधानमन्त्रीको चासो शान्ति प्रक्रियालाई छिटो टुंग्याउनुपर्छ भन्ने छ । हामी पनि पीडितलाई केन्द्रमा राखेर टुंग्याउन तयार छौं ।’

एमाले सचेतक महेश बर्तौला तत्काल गठबन्धन नटुटे पनि चरम अन्तरविरोध रहेको बताउँछन् । 

‘तत्काल नयाँ कोर्स निर्माण भइहाल्ला भन्ने लाग्दैन, तर गठन्धनभित्र अन्तरविरोध,  आक्रोश र द्वन्द्व छ । मुलुक यसको मारमा छ । यहाँबाट निकास दिन एमाले होइन गठनबन्धनभित्रै माग छ,’ बर्तौलाले भने, ‘यसैले नयाँ कोर्स निर्माण गरौं भन्ने प्रस्ताव आए एमाले तयार हुन्छ, किनकि देशका लागि गठबन्धन भत्किन जरुरी छ । एमाले र माओवादी जोडिँदा वामपन्थी फ्लेभर हुन्छ । होइन ठूला दुई दल मिलेर आर्थिक विकास, समृद्धिको बाटोमा अगाडि बढ्ने परिस्थिति बन्छ भने पनि तयार हुन्छौं ।’

राजनीतिक विश्लेषक मुमाराम खनाल नागरिक समाज, साना दल र भिन्न समूहबाट आएको दबाबका विरुद्ध परम्परागत शक्ति सत्ता र प्रतिपक्ष नभनी एक ठाउँमा उभिएको तर्क गर्छन् । 

‘सैद्धान्तिक र व्यवहारिक हिसाबले सत्तापक्ष र प्रतिपक्षी एक ठाउँमा हुने अवस्था नै होइन, तर संवैधानिक संस्थामा भागबण्डा र मोनोपोली हेर्दा यहाँ लोकतन्त्रभन्दा दलतन्त्रको अभ्यास बढी छ,’ खनाल भन्छन्, ‘आफूले नतिजा नदिने अनि साना दल, नागरिक समाज र भिन्न समूहबाट दबाब आउनेबित्तिकै दलतन्त्रको अभ्यास गर्दै कसिलो भागबण्डा गर्दा सकारात्मक नागरिकलाई पनि दलहरूले इरिटेड गरेका छन् ।’

सोमवारको कार्यक्रममा ओलीले नरम भाषण गरेर बाहिरिएपछि प्रचण्डले कांग्रेससँग सानो गुनासो पनि गर्न भ्याए ।

‘सानो पार्टीको नेता प्रधानमन्त्री बनेको भनेर सरकारले गरेका राम्रा कामको स्वामित्व लिन हिच्किचाइदिनु भएन, मेरो ठाउँबाट यो गठबन्धन बनाउन जोखिम उठाएको छु,’ प्रचण्डले भनेका थिए, ‘नेताले जनतालाई आशा देखाउनुपर्छ, देशमा अँध्यारोबाहेक केही छैन भन्ने कुरा गलत हो ।’

ओली माओवादीमात्रै होइन कांग्रेसप्रति पनि नरम देखिएका थिए । आफूहरूको कपाल त्यत्तिकै नफुलेको भन्दै ओलीले राजतन्त्र फर्किन नदिनेमा तीनै दल एक ठाउँमा उभिने बताए । नयाँ दलको चुनौती, राजावादी दल र राष्ट्रवादीहरूको दबाब पनि दलहरूले राम्रोसँगै महसुस गरेका छन् ।

‘डेमोक्रेसीको सबालमा एक छौं, यसमा कुनै सन्देह छैन । तीन नेता भेटे पनि टाउको दुख्छ– यिनीहरूले राजतन्त्र नल्याइकन नछाड्ने हो कि भन्ने । हामी राजतन्त्र फर्किन दिँदैनौं । हाम्रो कपाल त्यत्तिकै फुलेको छैन । यहाँ डेमोक्रेसीबाहेक अरू हुँदैन । लोकतान्त्रिक गणतन्त्र र शान्तिको प्रश्नमा एक छौं, हुनुपर्छ । सुशासन, विकासको प्रश्नमा एक छौं, हुनुपर्छ ।’

माओवादी नेता पोखरेलले गठबन्धन दलमा देखिएको विश्वासले पनि ओलीले अब गाली गरेर हुँदैन भन्ने मान्यता राखेको हुन सक्ने बताए । 

तत्काल एमालेसँग मिलिहाल्ने परिस्थिति नबने पनि माओवादीका लागि सत्ता सधैं नरहने तर पार्टी रहने पोखरेलको भनाइ छ । 

‘शुरूमा यो सत्ता गठबन्धन एमालेले नै बनाएको हो । तर उसले छाडेर कांग्रेस मिसिएपछि गठबन्धन झन् दरिलो हुँदै एक वर्ष पार गरिसकेको छ । यसबीचमा सरकारले केही सुधारका काम गरेको छ । केही काम गर्न प्रतिबद्धता व्यक्त गरेको छ,’ पोखरेल भन्छन्, ‘यसैले पनि यो गठबन्धन लामो समय जाला कि भन्ने त्रास एमालेलाई हुन सक्छ । एमालेको यो त्रासलाई हामी नकारात्मक रूपले लिँदैनौं ।’  

तत्काल एमालेसँग मिलिहाल्ने परिस्थिति नबने पनि माओवादीका लागि सत्ता सधैं नरहने तर पार्टी रहने पोखरेलको भनाइ छ । कांग्रेसलाई नचिढ्याउने कुरा गरे पनि ओलीलाई ढिलोचाँडो माओवादीसँग मिल्नुपर्ने दबाब पार्टीभित्रै रहेको नेताहरू बताउँछन् । 

‘हिजोको नेकपा र एमाले विभाजनको तनाव तथा आक्रोश गएको निर्वाचनपछि साम्य हुने बाटोमा छ किनकि निर्वाचनमा हामी दुई/चार हजार मतान्तरले धेरै ठाउँमा पराजित भएका छौं,’ एमालेका एक नेता भन्छन्, ‘तत्कालै नहोला तर ढिलो चाँडो माओवादी, हामीसँग छुट्टिएर बनेको नेकपा एसबीच सहमति गरेर अर्को चुनावमा जानुपर्ने अवस्था पनि आउन सक्छ । यसैले हाम्रा नेताहरूले आक्रामकता होइन संयम देखाउँदा भलो हुने सोच्नुभएको हुन सक्छ ।’

विश्लेषक खनाल चरम सत्ता स्वार्थका कारण नेताहरूले मिल्ने र गाली गर्ने विषयलाई जीवनशैली बनाएको बताउँछन् । 

‘माओवादीले सत्तालाई कतिधेरै महत्त्व दिएको छ भन्ने उसका गतिविधिले प्रस्ट पार्छन् । कांग्रेसले अब सत्तामा हाम्रो पालो है भनेका दिन माओवादी बटारिन्छ,’ खनाल भन्छन्, ‘यस्तोमा न माओवादीले एमालेतिर लाग्न लाज मान्छ, न त एमाले नै माओवादीलाई आफूतिर ल्याउन हिच्किचाउँछ । सत्ता स्वार्थमा यी विषय अन्ततः जायज बनिदिन्छन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x