२१ असार २०८३, आइतबार

अपेक्षित नचलेको हो प्रकाश सपूतको पछिल्लो गीत ?

पुस १९, २०८०
काठमाडौं
अपेक्षित नचलेको हो प्रकाश सपूतको पछिल्लो गीत ?

गायक प्रकाश सपूतले गत सोमवार दिउँसो ‘मुटु कटक्कै’ बोलको गीत युट्युबमा सार्वजनिक गरे । 

यो गीतको भिडियो मंगलवार बेलुकादेखि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा छ । बिहीवार दिउँसोसम्म भिडियोले १५ लाख प्लस भ्युज पाएको छ । गीत सार्वजनिक भएको तीन दिनमा प्राप्त यो भ्युज प्रकाशका अघिल्ला गीतको तुलनामा कम भएको साङ्गीतिक वृत्तमा टिप्पणी भइरहेको छ । यसपटक उनको गीतको चर्चा पनि विगतको जस्तो देखिएको छैन । 

प्रकाशका यसअगाडिका अफिसियल गीतले सार्वजनिक भएको २४ घण्टामा १० लाख हाराहारी भ्युज पाउने गरेका थिए । ‘पीर’ र ‘सकम्बरी’ गीत एक सातामै करोड क्लबमा प्रवेश गरेका थिए । 

‘मुटु कटक्कै’ले विगतमा जस्तो भ्युज नपाउनुमा टिकटक बन्दको प्रभाव देखिएको हुनसक्ने पनि संगीतकर्मीको अनुमान छ । 

प्रकाशका यसअघिका गीत सार्वजनिक हुनेवित्तिकै गीतका टुक्का टिकटकमा छ्यापछयाप्ती हुने गरेका थिए जसले युट्युब भ्युजमा फाइदा पुर्याउने गरेको थियो । पछिल्लो गीत विवादित नभएका कारण अगाडिका जस्तो चर्चित नभएको समेत कतिपयले आँकलन गरेका छन् ।

प्रकाशकै शब्द, संगीत रहेको ‘मुटु कटक्कै’को गायनमा उनलाई दुई गायक प्रताप दास र कुशल बेलबासेले साथ दिएका छन् । भिडियोमा प्रकाश दोहोरो भूमिकामा देखिएका छन् । साथमा कुशुम शर्मालगायतका कलाकारहरूलाई भिडियोमा देख्न सकिन्छ । ​​

मायाप्रेमको विषयमा केन्द्रित गीत प्रकाशले  रमाइलो शैलीमा पेस गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्