×

NMB BANK
NIC ASIA

अपेक्षित नचलेको हो प्रकाश सपूतको पछिल्लो गीत ?

काठमाडाैं | पुस १९, २०८०

NTC
Premier Steels

गायक प्रकाश सपूतले गत सोमवार दिउँसो ‘मुटु कटक्कै’ बोलको गीत युट्युबमा सार्वजनिक गरे । 

Muktinath Bank

यो गीतको भिडियो मंगलवार बेलुकादेखि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा छ । बिहीवार दिउँसोसम्म भिडियोले १५ लाख प्लस भ्युज पाएको छ । गीत सार्वजनिक भएको तीन दिनमा प्राप्त यो भ्युज प्रकाशका अघिल्ला गीतको तुलनामा कम भएको साङ्गीतिक वृत्तमा टिप्पणी भइरहेको छ । यसपटक उनको गीतको चर्चा पनि विगतको जस्तो देखिएको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रकाशका यसअगाडिका अफिसियल गीतले सार्वजनिक भएको २४ घण्टामा १० लाख हाराहारी भ्युज पाउने गरेका थिए । ‘पीर’ र ‘सकम्बरी’ गीत एक सातामै करोड क्लबमा प्रवेश गरेका थिए । 


Advertisment
Nabil box
Kumari

‘मुटु कटक्कै’ले विगतमा जस्तो भ्युज नपाउनुमा टिकटक बन्दको प्रभाव देखिएको हुनसक्ने पनि संगीतकर्मीको अनुमान छ । 

Vianet communication

प्रकाशका यसअघिका गीत सार्वजनिक हुनेवित्तिकै गीतका टुक्का टिकटकमा छ्यापछयाप्ती हुने गरेका थिए जसले युट्युब भ्युजमा फाइदा पुर्याउने गरेको थियो । पछिल्लो गीत विवादित नभएका कारण अगाडिका जस्तो चर्चित नभएको समेत कतिपयले आँकलन गरेका छन् ।

प्रकाशकै शब्द, संगीत रहेको ‘मुटु कटक्कै’को गायनमा उनलाई दुई गायक प्रताप दास र कुशल बेलबासेले साथ दिएका छन् । भिडियोमा प्रकाश दोहोरो भूमिकामा देखिएका छन् । साथमा कुशुम शर्मालगायतका कलाकारहरूलाई भिडियोमा देख्न सकिन्छ । ​​

मायाप्रेमको विषयमा केन्द्रित गीत प्रकाशले  रमाइलो शैलीमा पेस गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x