![सशस्त्र प्रहरीद्वारा इन्स्पेक्टरदेखि मालीसम्मका पदमा दरखास्त आह्वान [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/apf_tUHobzQIcj.jpg)
सशस्त्र प्रहरी बलले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । सशस्त्र प्रहरीले ‘सशस्त्र प्रहरी निरीक्षक’ (इन्स्पेक्टर) पदमा ९९ जना माग गरेको छ ।
यस्तै सशस्त्र प्रहरी सहायक निरीक्षक ९८ जना माग गरिएको छ भने सशस्त्र प्रहरी परिचार, कूचीकार, चर्मकर्मी र माली पदमा पनि ठूलो संख्यामा जनशक्ति माग भएको शुक्रबार जारी सूचनामा उल्लेख छ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले माघ २१ भित्र आवेदन दिन सक्नेछन् । यस्तै सशस्त्र प्रहरी निरीक्षक र सहायक निरीक्षक पदको हकमा दोब्बर दस्तुर तिरेर माघ २२ देखि २८ गतेसम्म पनि आवेदन दिन सकिनेछ ।
भर्नासम्बन्धी सूचना विस्तृतमा हेर्नुहोस्
