×

NMB BANK
NIC ASIA

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रको सिटिस्क्यान मेसिन खरिद प्रक्रिया विवादमा

विराटनगर | पुस २०, २०८०

NTC
Premier Steels

कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गर्न लागेको सिटिस्क्यान मेसिनको टेन्डर प्रक्रिया विवादमा परेको छ । केन्द्रले मोरङको उर्लावारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको लागि सिटिस्क्यान मेसिन खरिद गर्न आह्वान गरेको टेन्डर प्रक्रिया विवादमा परेको हो ।  टेन्डर प्रक्रियामा मिलेमतोको आरोप लागेको छ । 

Muktinath Bank

गत कार्तिक २४ गते १२८ स्लाइसको सिटिस्क्यान मेसिन खरिदका लागि टेन्डर आह्वान गरिएको थियो । टेन्डर आह्वान गर्दा इप्रस्ताव पेश गर्ने मिति पुस ९ गतेसम्म राखिएका थियो ।  तर, अध्ययनमा समय लागेको भन्दै त्यसलाई बढाएर पुस १७ गते पुर्याइयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयका कर्मचारीले भनेको कम्पनीले प्रस्ताव पेश नगरेपछि समय थप गरिएको स्रोतको दाबी छ । पुस ९ गतेसम्म हिमालय मेडिकल टेक्नोलोजी प्रालिको एक मात्र प्रस्ताव परेको थियो । 


Advertisment
Nabil box
Kumari

केन्द्रले  टेण्डर खोल्ने स्थानसमेत फरक गरेपछि विवाद बढेको छ ।  केन्द्रले टेन्डर खोल्ने स्थान आपूर्ति व्यवस्थापन केन्द्र विराटनगर हुनुपर्नेमा नरदेवि अस्पताल मैतिदेवी भनेपछि विवाद थप बढेको हो । 

Vianet communication

मंसिर २४ गते आपूर्ति केन्द्रले राखेको प्रि–बिड बैठकमा सप्लायर्सहरूले स्थानबारे प्रश्न गरेपछि केन्द्रले स्थान सच्याएको थियो । केन्द्रका प्रमुख मण्डल भने त्यो मानवीय त्रुटि मात्र भएको बताए । 

केन्द्र खरिद गर्न लागेको सिटिस्क्यानको मापदण्ड चिनियाँ उत्पादन निओसफ्ट कम्पनीसँग मिल्दोजुल्दो राखिएको आरोपसमेत लागेको छ । कम्पनीको नेपाली सप्लायर्स हिमालय मेडिकल टेक्नोलोजी प्रालि हो । 

पुस ९ गतेको लागि टेण्डर भर्ने अन्तिम मिति तोकिएकोमा १७ गतेसम्म पुर्‍याउनु र प्रि–बिड बैठकमा सप्लायर्सहरूले मापदण्ड सम्बन्धमा राखेको चासो पनि हिमालय मेडिकल टेक्नोलोजीको मात्र सम्बोधन गर्नुमा मिलेमतो देखिएको जानकारहरू बताउँछन् । 

हिमालयको अनुकुल मापदण्ड राखिएको भन्दै अन्य सप्लायर्सले सच्याउन आग्रह गर्दा आपूर्ति केन्द्रले वास्ता नगरेको उनीहरूको आरोप छ । ‘कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गर्न लागेको सिटी स्क्यान मेसिन निजी अस्पतालले किन्दा चानचुन ५ करोडभन्दा केही बढी पर्ला’ एक सप्लायर्सले भने, ‘६ करोडमा टेन्डर स्वीकृत गरिदिए सप्लायर्सलाई पनि राम्रै नाफा हुन्छ ।’ करिब सात करोडमा मेशिन किन्न लागिएको छ । 

आपूर्ति व्यवस्थापन केन्द्रले खरिद प्रक्रिया सुरु गर्नुअगाडि केन्द्रका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल र कोशी अस्पतालले पठाएका विज्ञ रेडियोलोजिष्ट डा. राजा सुवालले सिटी स्क्यानको स्पेसिफिकेशन तयार गरेका थिए । केन्द्रका अनुसार त्यसमा ट्रमा सेन्टरले पठाएका केही बुँदा पनि थपिएको थियो । 

तयार भएको मापदण्ड मन्त्रालयमा सूचीकृत भएका सप्लायर्सलाई पठाएर कोटेशन माग गरेको केन्द्रले कोटेशनअनुसार २१ प्रतिशत घटाएर लागत अनुमान तयार गरेको जनाएको छ । 

केन्द्रका अनुसार कोटेशन पेश गर्ने ८ सप्लायर्समध्ये ५ वटा प्रभावग्राही देखिएका थिए । उनीहरूले न्युनतम् ७ करोड ३० लाखदेखि ११ करोडसम्मको कोटेशन पेश गरेको बताइएको छ ।

केन्द्रका निर्देशक डा. वीरेन्द्र कुमार मण्डलले टेण्डर प्रक्रिया विधसम्मत् रूपमा अगाडि बढेको भए पनि अहिले अनावश्यक विवाद खडा गरिएको दाबी गरे । केन्द्रसँग अन्तर्राष्ट्रिय टेन्डरको अनुभव नभएको अवस्थामा मन्त्रालय, विभाग र विज्ञहरूसँगको परामर्शमा टेन्डर आह्वान गरिएको उनले बताए । उनले कुनै मिलोमतो नभएको बताए । ‘सप्लायर्सहरूले दिएको कोटेशनलाई आधार बनाएर त्यसको औसत मूल्यमा पनि २१ प्रतिशत कमगरी लागत अनुमान तयार गरिएको हो,’ उनले भने, ‘त्यसैले मिलेमतो हुने कुनै सम्भावना छैन ।’ 

सुरुवातमा ५ वटा सप्लायर्सले कोटेशन पेश गरेको भए पनि टेन्डर प्रक्रियामा एउटा मात्र समावेश भएको आधारमा मिलेमतोको आरोप लगाउन नमिल्ने उनको भनाइ छ । अरु सप्लायर्सहरू किन प्रतिस्पर्धामा आएनन् भन्ने आफूहरूले भन्न नसक्ने उनले बताए । 

विज्ञसहित ७ जनाको मूल्यांकन समितिले टेण्डर हालेको सप्लायर्सको प्राविधिक र आर्थिक प्रस्ताव अध्ययन गरेपछि मात्र उसले टेन्डर पाउने कि नपाउने यकिन हुने उनले बताए । 

मूल्यांकन समिति निर्देशक डा. मण्डलको संयोजकत्वमा रहेको छ । समितिमा आपूर्ति केन्द्रका लेखा प्रमुख  तारा घिमिरे, खरिद इकाइ शाखाका प्रमुख शम्भू साह, प्रशासन प्रमुख काशी पराजुली, बायोमेडिकल इन्जिनियर कुशल दाहाल छन् । यस्तै, कोशी अस्पतालबाट बायोमेडिकल इन्जिनियर गोविन्द मिश्र र  रेडियोलोजिष्ट डा. राजा सुवाल विज्ञको रुपमा समितिमा छन् ।

इञ्जिनियर र डाक्टरसहित तीन प्राविधिकले प्राविधिक प्रस्ताव हेरेपछि मूल्यांकन समितिले आर्थिक प्रस्ताव हेरेर निर्णय गर्नेछ । हिमालय मेडिकल टेक्नोलोजीले पेश गरेको प्रस्ताव अहिले नै स्वीकृत भइनसकेको केन्द्रका प्रशासन प्रमुख काशी पराजुलीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x