
गायक प्रमोद खरेलले ‘द भ्वाइस अफ नेपाल सिजन ५’ की प्रतिस्पर्धी रोजिना बस्नेतसँगको सहकार्यमा ‘तिम्रो साथ बिना’ बोलको गीत ल्याएका छन् ।
सोमवार सार्वजनिक यो गीतले मंगलवार बेलुकासँग ३ लाख प्लस भ्युज पाउँदै युट्युबमा संगीततर्फ ट्रेन्डिङमा पर्न सफल भएको छ ।
गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको छ भने एरेन्ज अविनाश पासवानले गरेका हुन् ।
यसको भिडियोमा प्रमोद र रोजिना नै फिचर्ड छन् । अर्जुन तिवारीको निर्देशन रहेको भिडियोमा रोशन विश्वकर्माको कोरियोग्राफी, बुद्ध थापाको छायांकन र मिलन विश्वकर्माको सम्पादन तथा कलर संयोजन छ । ‘प्रमोद खरेल’ युट्युब च्यानलबाट रिलिज गीतको निर्मातामा दीपा सिटौला छिन् ।
भ्वाइस अफ नेपालको जारी सिजनमा टप ११ बाट बाहिरिएकी रोजिनालाई कोच प्रमोदले गीत उपहार दिने घोषणा गरेका थिए । सोहीअनुसार उनले रोजिनासँगको सहकार्यमा गीत ल्याएका हुन् ।