२६ जेठ २०८३, मंगलबार

अदालतले रोकिदियो पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति

माघ ८, २०८०
काठमाडौं
अदालतले रोकिदियो पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति

पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति अदालतले बदर गरिदिएको छ । उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार नवनियुक्त कार्यकारी निर्देशक पुनको नियुक्ति बदर गर्न अन्तरिम आदेश दिएको हो । 

गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध कोषकै भरत मरासिनीले रिट दायर गरेका थिए । मरासिनीको रिटमाथि सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश दिएको हो । उनले नियुक्ति बदर गर्न माग गरेका थिए । 

पुस ४ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा बसेको परिषद्को बैठकले पुनलाई निर्देशकमा नियुक्त गरेको थियो । यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पदावधि पुस १ गते सकिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्