×

NMB BANK
NIC ASIA

चकलेटी अभिनेतालाई भ्याइ नभ्याइ

के गर्दैछन् नयाँ पुस्ताका 'चकलेटी हिरो’हरू ?

काठमाडाैं | माघ ९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो पुस्ताका केही ‘चकलेटी’ अभिनेताहरूलाई यतिबेला नेपाली चलचित्रमा काम गर्न भ्याइ नभ्याइ छ । उनीहरूलाई चलचित्रको कुनै कमी छैन । प्रदीप खड्का, अनमोल केसीदेखि पल शाहसम्म पछिल्लो पुस्ताका व्यस्त ‘चकलेटी’ अभिनेतामा पर्छन् ।

Muktinath Bank

‘प्रेम गीत ३’ रिलिजपछि केही समय गुपचुप देखिएका अभिनेता प्रदीप खड्काले पछिल्लो समय एकपछि अर्को चलचित्र साइन गरिरहेका छन् । दिनेश राउतको निर्देशन रहने चलचित्र ‘पूजार सार्की’मा उनले काम गर्दैछन् । यो चलचित्रमा उनीसहित आर्यन सिग्देल र पल शाहका साथमा अञ्जना बराईली र परीक्षा लिम्बु देखिँदैछन् । माघभित्रै छायांकनमा निस्कने भनिएको चलचित्रको वर्कसपमा समेत प्रदीपले समय दिइरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदीप ‘ऐरी’मार्फत् बलिउडमा डेब्यु गर्ने तयारीमा छन् । यो चलचित्रका लागि केही महिनायता उनले ‘फाइट’ सिकिरहेका छन् । कपाल लामो बनाएका छन् । 


Advertisment
Nabil box
Kumari

null

Vianet communication
Laxmi Bank

वर्किङ टाइटल ‘एक्टर’ रहेको अर्को चलचित्रमा पनि प्रदीपले काम गर्दैछन् । यो चलचित्रमा उनको जोडीका रूपमा अभिनेत्री आना शर्मा अनुबन्धित भइसकेकी छन् । राजन भुसालको निर्देशनमा बन्ने चलचित्रमार्फत् अभिनेता राजबल्लभ कोइरालाले अभिनयमा कमब्याक गर्दैछन् । 

यीबाहेक थुप्रै निर्माता–निर्देशकहरू प्रदीपलाई आफ्नो चलचित्रमा खेलाउन लागिपरेका छन् । उनले पनि थुप्रै चलचित्रको स्क्रिप्ट हेरिरहेका छन्, यद्यपि साइन गरिसकेका भने छैनन् । लोकान्तरसँगको कुराकानीमा प्रदीपले पछिल्लो समय आफूले थुप्रै चलचित्रको स्क्रिप्ट पढेको बताए । बौद्धिक अभिनेताका रूपमा समेत परिचित प्रदीप विज्ञापनहरूमा समेत रोजाइका अभिनेतामा पर्छन् ।  

यस्तै, अर्का चकलेटी अभिनेता अनमोल केसी यतिबेला चलचित्र ‘फर्की फर्की’को छायांकनमा व्यस्त छन् । गतवर्षको ‘छड्के २’ अनमोलको पछिल्लो रिलिज चलचित्र थियो, जुन ‘फ्लप’ भएपछि अनमोलको करिअरमा धक्का लागेको धेरैको टिप्पणी थियो । उक्त चलचित्रको निराशाजनक व्यापारपछि आफू चुकेको स्वीकारेका  अनमोलले ‘फर्की फर्की’मा भरपूर मेहनत गरिरहेको निर्माण पक्षले बताएको छ । सुयोग गुरुङको निर्देशनमा बनिरहेको चलचित्रमा अनमोलको जोडीका रूपमा अभिनेत्री जसिता गुरुङ छिन् । यस्तै, अनमोलले हेमराज बिसीको निर्देशनमा ‘जेरी २’मा समेत अभिनय गर्दैछन् । ८ वर्षअघि प्रदर्शनमा आएको हिट चलचित्र ‘जेरी’को सिक्वेलका रूपमा निर्माण हुन लागेको चलचित्रमा अनमोलको जोडीका रूपमा आना शर्मा देखिँदैछिन् । यो चलचित्रको छायांकन कहिलेदेखि सुरु हुन्छ टुंगो छैन । 

null

अनमोलले चलचित्र ‘रावायण’मा पनि काम गर्ने तयारी थियो । यद्यपि, उक्त चलचित्र खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेको भन्दै निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा प्रहरीमा जाहेरी दिएको थियो । निर्माण युनिटको उजुरीका कारण अनमोलले हिरासतको बाससमेत बस्नुपरेको थियो । सुदर्शन थापाको निर्देशनमा निर्माण हुने तयारीमा रहेको उक्त चलचित्रका लागि लिएको पेस्की अनमोलले हिरासतबाट छुटेपछि फिर्ता गरेका थिए । उक्त लफडाले गर्दा अनमोल पछिल्लो समय चलचित्र साइन गर्नु र पेस्की लिनुअघि थप सोचविचार गर्न थालेको निकट स्रोत बताउँछ । 

अनमोलसँग हिजोआज पनि थुप्रै चलचित्रको अफर पुग्ने गरेको छ । उनी विज्ञापनमा समेत निकै रोजाइका अभिनेता हुन् । 
अर्का अभिनेता पल शाहको व्यस्तता भने पछिल्ला दिनमा महोत्सवतिर ढक्लिएको छ । 

उनलाई महँगो पारिश्रमिक तिरेरै भए पनि महोत्सवमा लैजान आयोजकहरू लालायित छन् । उनी पनि दैनिकजसो महोत्सवमा पुगेर प्रस्तुति दिइरहेका छन् । उनलाई हेर्न महोत्सवमा दर्शकहरूको भिड लागेको भिडियोहरू सामाजिक सञ्जालमा छ्यापछयाप्ती भेटिन्छन् । 

चलचित्रको कुरा गर्दा पलले ‘मायावी’को छायांकन सकेका छन् । दिवाकर भट्टराईको निर्देशन रहेको यो चलचित्रमा पलका साथमा दिपिका प्रसाइँ शीर्ष भूमिकामा छिन् । पलले लगत्तै काम गर्ने तयारीमा रहेको चलचित्र ‘पूजार सार्की’ हो । यस्तै, उनले ‘मायाका रंगहरू’नामक चलचित्रमा पनि काम गर्दैछन् । केवल तामाङको निर्माण र निर्देशनमा बन्ने चलचित्रको छायांकन फागुनबाट सुरु गर्ने तयारी छ । पलको मुख्य भूमिका रहने गरी चलचित्र ‘ओ सजन’ विकास बोर्डमा दर्ता भए पनि कहिलेदेखि छायांकन सुरु हुन्छ टुंगो छैन । गायक यश कुमारले आफ्नो निर्देशन रहने नयाँ चलचित्र ‘ए मन सुटुक्क भन’मा पल शाहलाई अनुबन्ध गरेका थिए । तर, यो चलचित्रमा अब पल नहुने निश्चित भइसकेको यशले बताएका छन् । 

null

प्रदीप र अनमोलले म्युजिक भिडियोमा काम नगर्ने भए पनि पल शाह भने भिडियोका सबैभन्दा रोजाइका अभिनेता हुन् । उनले एकपछि अर्को म्युजिक भिडियोमा पनि काम गरिरहेका छन् । विज्ञापनको कुरा गर्दा पछिल्लो समय पललाई ब्राण्डको विज्ञापनमा खास्सै खोजिएको छैन । 

यस्तै, अर्का चकलेटी अभिनेता सलिनमान बनियाँ भने चलचित्रको पर्दाबाट अलि टाढा देखिएका छन् । ‘ए मेरो हजुर २’बाट डेब्यु गरेका उनले पहिलो चलचित्रबाटै लोभलाग्दो माया पाएका थिए । रिजर्भ बस्न रुचाउने यी अभिनेता चलचित्र ‘यात्रा’पछि मिडिया र चलचित्र नगरीबाट टाढै बसिरहेका छन् । उनले व्यवसायमा समय दिइरहेका छन् । उनीकहाँ चलचित्रको अफर पुगे पनि काम गर्न जाँगर नदेखाएको बुझिएको छ । 

अर्का चकलेटी अभिनेता आकाश श्रेष्ठले पनि पछिल्लो समय चलचित्रमा काम गरेका छैनन् । उनले चलचित्र साइन गरेको खबर पनि बाहिरिएको छैन । एकपछि अर्को चलचित्र असफल भएपछि उनी म्युजिक भिडियोमै रमाइरहेका छन् । भिडियोमा आकाश निकै डिमाण्डेड अभिनेता हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x