०६ साउन २०८३, बुधबार

माछापुच्छ्रे बैंकद्वारा ३ प्रदेशका सरकारी विद्यालयलाई सहयोग

माघ ९, २०८०
काठमाडौं
माछापुच्छ्रे बैंकद्वारा ३ प्रदेशका सरकारी विद्यालयलाई सहयोग

माछापुच्छ्रे बैंक लिमिटेडले बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरूलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ ।

सुर्खेतको शारदा नगरपालिका – १५, माल्नेटास्थित त्रिभुवन जन माध्यमिक विद्यालयमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार निर्माण गर्न र कैलालीको गोदावरी नगरपालिका – ६, बडेहाँस्थित शैलेश्वरी उच्च माध्यमिक विद्यालय परिसरमा शौचालय निर्माण गर्न सम्झौता गरिएको बैंकले जनाएको छ ।​

त्यसैगरी बैंकले काठमाडौं महानगरपालिका – ४ लम्टङ्गीनस्थित पञ्चकन्या आधारभूत विद्यालयलाई आवश्यक सभाहलको निर्माणमा सहयोग गर्ने भएको छ ।

null

विद्यालयहरूको अवस्था अवलोकन गरी पूर्वाधार निर्माण गर्न आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्ने सम्झौता गरिएको बैंकले जनाएको छ ।

विद्यालयको पूर्वाधार निर्माणसम्बन्धी सम्झौतामा सम्बन्धित विद्यालय व्यवस्थापन समितिको तर्फबाट अध्यक्ष तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकले त्रिभुवन जन माध्यमिक विद्यालय परिसरमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार र शैलेश्वरी उच्च माध्यमिक विद्यालय परिसरमा शौचालय निर्माण गरी हस्तान्तरण गर्नेछ ।

null

यसैगरी काठमाडौं महानगरको नमूना विद्यालयको वर्गीकरणमा परेको पञ्चकन्या आधारभूत विद्यालयमा सभाहल निर्माण गरिने बैंकले जनाएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न संघसंस्थाहरूसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरूमा काम गर्दै आएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्